Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

कोरोनाबाट बारबर्दिया नगरपालिकाका वडा अध्यक्षको मृत्यु

  • बर्दिया टुडे
  • 3.2K
    SHARES
  •  

    कोरोना भाइरस (कोभिड–१९) बाट बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकामा वडा अध्यक्षको मृत्यु भएको छ ।

    भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बर्दियाको बारबर्दिया नपा वडा नं ३ का वडाध्यक्ष वर्ष ३९ का सूर्यबहादुर थारुको मृत्यु भएको हाे ।

    जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार भेरी अस्पताल नेपालगन्जमा उपचारमा रहेकै बेला बुधबार बिहान १०ः३० बजे उनकाे कोरोनाबाट मृत्यु भएको हो ।


    मंगलबार दिउँसो ४ बजे पनि बर्दियाको ठाकुरबाबा नगरपालिका–७ का ६४ वर्षका पुरुषको मृत्यु भएको थियो । बर्दिया जिल्लामा २ दिनको अवधिका दुई जनाको मृत्यु भएको छ । उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएको थियो।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij