Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियामा ३९ जना कोरोना संक्रमित थपिए

थपिएका मध्ये तीन जना संक्रमित स्वास्थ्यकर्मी
  • बर्दिया टुडे
  • 1.6K
    SHARES
  •  

    बर्दियामा मंगलबार ३९ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य कार्यालय बर्दियाका अनुसार पछिल्लो २४ घण्टामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ्गमा गरिएको परिक्षणमा २३ जना र भेरी अस्पतालमा गरिएको परिक्षणमा १६ गरी ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ्गमा गरिएको परिक्षणमा पुष्टि भएका २३ जना मध्य २२ जना बाँसगढी र १ जना बढैयातालका भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए । उनिहरु केही दिन अघि बाँसगढी स्थित चौधरी ग्रुपको चाउचाउ कम्पनीमा कार्यरत मजदुरहरुमा कोरोना देखिएपछि उनीहरुको सम्पर्कमा आएका घर परिवारका व्यक्तिहरु हुन । बाँसगडीका २२ जना जना मध्ये एकजना स्वास्थ्यकर्मी हुन ।

    त्यस्तै भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएका मध्य बारबर्दिया र गुलरियाका ६/६ जना, बढैयातालका २ र गेरुवा र राजापुरका १/१ जना रहेका छन । जसमध्य बढैयातालका २ जना स्वास्थ्यकर्मी हुन । यो संगै जिल्लामा कुल संक्रमितको संख्या ५ सय ९५ पुगेको छ भने ४ सय ३२ जना कोरोना जितेर घर फर्किएका छन ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij