Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियामा एकै दिन ३८ जनामा कोरोना पुष्टि

  • बर्दिया टुडे
  • 1.9K
    SHARES
  •  

    कोरोना भाइरस संक्रमणको दर बढ्दै जाँदा आइतवार बर्दियामा ३८ जना स‌ंक्रमित थपिएका छन् ।

    स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार आईतवार वाँसगढीका ३४ जना बाँसगढीका र ४ जना बढैयातालका गरी ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    भेरी अस्पताल नेपालगन्जको काेरोना प्रयोगशालामा गरिएको पीसीआर परिक्षणमा आईतबार संक्रमण पुष्टि भएकाहरु बाँसगढीको चौधरी ग्रुप द्वारा सञ्चालित चाउचाउ कारखानामा कार्यरत मजदुरहरु हुन् । 

    बर्दियाको बाँसगढीमा मात्रै आईतबार ३४ जनामा कोरोना भाइरस संक्रमण पाइए । हालसम्मै जिल्लामा एकैदिन यति ठूलो मात्रामा कोरोना भाइरस संक्रमित भेटिएपछि बर्दियाको बाँसगढी कोरोनाको उच्च जोखिममा रहेको पुष्टि भएकोछ ।

    पछिल्लो पटक समुदायमै कोरोना भाइरस संक्रमण फैलिसकेको अवस्थामा जिल्लाबासीले पीसिआर जाँचका लागि आवज उठाउदै आएका छन् । सर्वसाधरणले कोरोना भाइरस रोकथाम तथा न्यूनिकरणका लागि प्रभावकारीरुपमा कन्ट्रयाक्ट ट्रेसिङ्ग गरि पीसिआर परीक्षणको दायरा बढाउन स्थानीय प्रशासनसंग आग्रह गरेका थिए ।

    पछिल्लो पटक एकैदिन सबैभन्दा बढि कोरोना संक्रमित बर्दियामा फेला परेका हुन् । यो संगै बर्दियामा कुल संक्रमितको संख्या ४ सय ७ पुगेको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij