Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियामा थप ६ जनामा कोरोना : एउटै घरका ४ जना स‌ंक्रमित

  • बर्दिया टुडे
  • 2.4K
    SHARES

  • बर्दियामा शुक्रवार थप ६ जनामा काेराेना संक्रमणकाे पुष्टि भएकाे छ ।

    भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा शुक्रबार वडा नम्वर ३ का ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार भदौ १३ गते बारबर्दिया नगरपालिका–३ घर भएका २५ बर्षीय व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि उनको सम्पर्कमा आएका व्यक्तिहरुको परिक्षण गर्दा शुक्रबार उनको घरका चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै, सोही वडाका अन्य २ जनामा पनि संक्रमण पुष्टि भएको छ गिरीले जानकारी दिए ।

    शुक्रबार संक्रमण पुष्टि भएका मध्य बारबर्दिया ३ का एक महिला र ५ पुरुष गरी ६ जना रहेका छन ।

    यो संगै बर्दियामा कोरोना संक्रमितको कुलसंख्या ३ सय ५७ पुगेको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij