Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गेरुवा नदीमा वगेर वेपत्ता भएका ३ जना मध्ये एकको शव फेला

  • बर्दिया टुडे
  • 2.0K
    SHARES
  •  

    बर्दियाको गेरुवा नदीमा दाउरा छाेप्न जाँदा बेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ ।  

    गेरूवा गाउँपालिका –४ स्थित रजवन्दवा घाट वाट गेरुवा नदीमा बिहीबार दाउरा टिप्न गएका एक महिला र दुई पुरुष मध्ये १४ वर्षीय भरत कडायतको शव आज गेरुवा गाउँपालिकाको मनाउघाटमा फेला परेकोे इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक नवराज केसीले बताए ।

    चालीस वर्षीय बलबहादुर रोकाय र १७ वर्षीया पवी रोकाय भने अझै बेपत्ता रहेका छन् । 

    इलाका प्रहरी कार्यालय पाताभारबाट खटिगएको प्रहरी टोली सशस्त्र प्रहरी वल राजापुर र नेपाली सेना सहित स्थानीयहरुले वेपत्ताहरुकाे खोजीकार्य जारी राखेको इलाका प्रहरी कार्यालय पाताभारले जनाएको छ ।

     


    ADVERTISEMENT

    images

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij