Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियामा ८ जना कोरोना सं‌क्रमित थपिए

  • बर्दिया टुडे
  • 2.0K
    SHARES
  •  

    बर्दियामा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार बिहिबार जिल्लाको गुलरियामा ४, मधुवनमा ३ र बाँसगढीका एकजनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो ।

    भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा बर्दियाको गुलरिया नगरपालिका वडानम्वर ५ र ६ का २/२ जनामा संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै बिहिबार मधुवन नगरपालिका वडा नम्वर ३, ५ र ७ का एक/एकजनामा र बाँसगढी ३ का एकजनामा संक्रमण पुष्टि भएको हो ।

    यो संगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ३ सय ५१ पुगेको छ भने जिल्लामा हालसम्म ३ सय १० जनाले कोरोना जितेर घर फर्किसकेका छन । बर्दियामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij