Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियामा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन कार्य शुरु

  • बर्दिया टुडे
  • 1.6K
    SHARES
  •  

    जिल्ला प्रशासन कार्यालय बर्दियाले राष्ट्रिय परिचय पत्र विवरण दर्ताको शुरुवात गरेको छ ।

    व्यक्तिगत र जैविक (वायोमेट्रिक) विवरण सहितको परिचयपत्र लागु गर्ने सरकारको योजना अनुसार विवरण दर्ता कार्य सुरु गरेको हो ।

    जिल्ला प्रशासन कार्यालय बर्दियाले सोमवार गुलरिया नगरपालिका वडा नं. ५ कि एक सय बर्षीया जेष्ठ नागरिक लक्ष्मीकुमारी गौतमको व्यक्तिगत र जैविक विवरण सहित दर्ता गरी कार्यको सुरुवात गरेको हो ।

    वायोमेट्रिक विवरण फारम भरे पश्चात् प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले दोसल्ला ओढाई सेवाग्राहीलाई सम्मान गरेका छन् । प्रजिअ अधिकारीले नेपाल सरकारले लागु गरेको राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्यकोको सुरुवात गरीएको बताए ।

    हाल जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरीकता बनेकाहरुको विवरण संकलन गर्ने र कोभिड १९ को संक्रमणको जोखिम कम भएपछि घुम्ती टोली खटाएर विवरण संकलन गरिने सरकारको योजना रहेको छ । हाल संकलन गरिएको वायोमेट्रिक विवरण विभागमा पठाईने र पछि चिप सहितको परिचय पत्र उपलब्ध हुनेछ ।

    परिचय पत्रमा व्यक्तिगत विवरण,फोटो, हातका सबै औँलाको औँठा छाप, आँखाको रेटिनाको स्क्यान र हस्ताक्षर लगाएतका विवरण डिजिटल प्रविधिबाट संकलन गरी दर्ता गरिन्छ । संकलन गरिएको विवरण भण्डारण गर्ने र राष्ट्रिय परिचय पत्रको विभागमा पठाउने गरिन्छ ।

    एक जनाको व्यक्तीगत तथा जैविक विवरण अर्को व्यक्तिसँग नमिल्ने हुँदा यसलाई भरपर्दो मानिएको छ । पाँचबर्ष भित्र सबै नेपालीहरुलाई राष्ट्रिय परिचय पत्र वितरण गर्ने सरकारको योजना रहेको छ । पहिलो चरणमा एक लाख १७ हजारलाई परिचय पत्र वितरण गर्ने सरकारको योजना रहेको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij