Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

१५ वटा डल्लप सहित ३९५ बोरा दाँते ओख्खर र ५९ बोरा छुहारा प्रहरी नियन्त्रणमा

  • बर्दिया टुडे
  • 2.9K
    SHARES
  •  

    बर्दिया प्रहरीले भारत तर्फ निकासी गर्न लागेको १५ वटा डल्लप सहित ३९५ बोरा दाँते ओख्खर र ५९ बोरा छुहारा नियन्त्रणमा लिएको छ ।

    बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायव उपरिक्षक मिन वहादुर घलेको कमाण्डमा खटिएको प्रहरी टोलीले शनिवार राती १२ वजे ४४ लाख ६९ हजारर ९ सय ९० रुपैया वरावरको १३ वटा डल्लपमा ३९५ बोरा दाँते ओख्खर र २ वटा डल्लपमा ५९ बोरा छुहारा बर्दियाको राजापुर नगर पालिका वडा नं. ७ बेलसा वाट नियन्त्रणमा लिएको हो ।

    नियन्त्रणमा लिईएको ओखर र छुहारा इलाका प्रहरी कार्यालय राजापुर मा ल्याईसके पछि सामान आफ्नो भएको दावि गर्न आएका राजापुर न.पा.४ का.३२ वर्षिय जावेद मनिहार र ३० वर्षिय रमेश ढुङ्गानालाई नियन्त्रणमा लिईएको सामान सहित आवश्यक कार्वाहीकाे लागि राजापुर भन्सार कार्यालयमा वुझाईएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij