Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

दाहसंस्कार गरिसकेपछि बर्दियामा एक व्यक्तिमा कोरोना पुष्टि

बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी भन्छन्, ‘कोरोना रिपोर्ट नआउँदै मेडिकल कलेजले कसरी शव हस्तान्तरण ग-यो । त्यसबारे पनि छानबिन हुनेछ ।’
  • बर्दिया टुडे
  • 2.1K
    SHARES
  • फाईल फाेटाे

    कोरोना संक्रमणबाट बर्दिया जिल्लाको मधुवन नगरपालिका–९ का ७८ वर्षका एक पुरुषको मृत्यु भएको छ ।
    बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मंगलबार निधन भएका उनको घर ल्याएर दाहसंस्कार गरिसकेपछि कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
    ‘कोरोना रिपोर्ट नआउँदै शवको दाहसंस्कार भएछ । मलामी गएका सबैलाई क्वारेन्टाइनमा राख्ने हामीले तयारी गरेका छौं । संक्रमितको बस्ती पनि शिल गर्दैछौं’, प्रजिअ अधिकारीले  मेरो खुसीसँग भने, ‘कोरोना रिपोर्ट नआउँदै मेडिकल कलेजले कसरी शव हस्तान्तरण ग-यो । त्यसबारे पनि छानबिन हुनेछ ।’

    मधुवन नगरपालिका–९ का वडा अध्यक्ष डिल्लीराज खनालका अनुसार बबई नदीको कुसुम्बा घाटमा शव दाहसंस्कार हुँदा एक सय जनाभन्दा बढी व्यक्तिलाई नेरामावि पूर्णपुरमा क्वारेन्टाइन बनाएर राख्ने तयारी भएको छ । वडा अध्यक्ष खनालले मेरो खुसीसँग भने, ‘चार पाँच सय जति मलामी गएका थिए । त्यसमध्ये शवसँग प्रत्यक्ष सम्पर्कमा रहेका एक सयभन्दा बढी व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने तयारी भएको छ ।’
    नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका कोरोना फोकल पर्सन डा. दिनेश श्रेष्ठका अनुसार निमोनिया भएपछि सोमबार उनी अस्पतालमा भर्ना भएका थिए । मंगलबार बिहान १ः३० मा उनको निधन भएको थियो । डा. श्रेष्ठले मेरो खुसीसँग भने, ‘कोरोना रिपोर्ट नआउँदै दिउँसो एक बजेतिर सामाजिक दुरी कायम गरी दाहसंस्कार गर्ने कागज गरेर शव लगेर जानु भएको थियो । ३ः३० बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आयो ।’ ती वृद्धलाई मधुमेहको समस्या थियो ।       साभारः मेराे खुसी

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij