Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

संकटलाई अवसरका रूपमा सदुपयाेग गराैं, आर्थिक वर्ष र शैक्षिकसत्र समायोजन गराैं

  • बर्दिया टुडे
  • 4.4K
    SHARES
  •  

    बिश्वब्यापी महामारीको रूपमा फैलिएको काेराेना भाईरस (काेविड-१९) बाट उत्पन्न असहज परिस्थिति र त्यसको राेकथाम र नियन्त्रणका लागि देशमा २०७६ चैत्र ११ गतेदेखि जारी लकडाउनका कारण देशका सबै क्षेत्र प्रभावित भएका छन् ।

    जसमध्ये देश विकासका लागि दिर्घकालिन रूपमा असर पार्ने शिक्षा क्षेत्र प्रत्यक्ष रूपमा प्रभावित भएको छ। SEE परीक्षा दिने तयारीमा वसेका विद्यार्थीहरूकाे परीक्षा सुरू हुनु करिब १२ घण्टा अगाडि परीक्षा स्थगित हुनु,कक्षा ११,१२काे लगायत विश्वविद्यालयका परीक्षा स्थगित हुनु साथसाथै बैशाख देखि सुरू हुने नयाँ शैक्षिकसत्रकाे ३ महिना पूरा भईसक्दा विद्यार्थी विद्यालय गएर पढ्नेदिन र शिक्षक पढाउने दिनकाे पर्खाइमा छन् भने अर्कोतिर शिक्षा सम्वद्द निकाय,विद्यालय प्रशासन पढाइ सुचारू हाेस भन्ने चाहना हुंदा हुँदै पनि काेराेना संक्रमणका विच जाेखिम माेलेर विद्यालय संचालन गर्न सकिने अवस्था वन्न नसकिरहेकाे परिस्थितिमा काेराेना संक्रमणकाे जाेखिमलाई मध्यनजर गर्दै र विगतदेखि नैं उठ्दै गरेको आर्थिक वर्ष र शैक्षिकसत्र दुवैलाई एकसाथ समायाेजन गर्ने कुरालाई मध्यनजर गरि यश वर्षदेखि २०७७ श्रावण १ गतेदेखि २०७८ असार मसान्तसम्म शैक्षिकसत्र कायम गरि निम्नानुसारका गतिविधिका साथ अगाडि वढे विद्यार्थीहरूकाे शैक्षिकसत्र खेर नजानुका साथै अार्थिक वर्षसँगै शैक्षिक गतिविधि समेत संचालन गर्न सकिने भएकाले यसतर्फ सराेकारवाला सवैकाे ध्यान जान जरुरी छ ।

    शैक्षिक कार्यक्रम र गतिविधि

    १.यसवर्षका लागि २०७७/०४/०१ देखि विद्यालयमा रहेका क्वारेन्टाइन अन्य सामुदायिक भवनमा सारी सेनिटाईज , सरसफाइ गर्ने र विद्यार्थी भर्ना ,पुस्तक वितरण लगायतका बाँकी कार्यहरू सम्पन्न गरि काेराेना जाेखिमकाे अवस्था विश्लेषण गरि श्रावण तेस्रो हप्ता देखि भाद्र पहिलो हप्ता सम्म अावश्यक सुरक्षा सावधानी अपनाई कक्षा (०-१२ सम्म) संचालन गर्ने

    २.सबै परिक्षाहरू २०७८ असार दाेस्राे हप्ता भित्र सम्पन्न गरि वर्षे विदा दिने र श्रावण दाेस्राे हप्तादेखि विद्यार्थी भर्ना कार्यक्रम संचालन गरि भदौ १ वाट कक्षा संचालन गर्ने ।

    यसवाट हुने फाईदाहरू

    १.काेराेना भाईरसका कारण उत्पन्न असहज परिस्थितिका विच पनि शैक्षिकसत्र प्रभावित नहुने र विद्यार्थीहरूले पूरा समूह अध्ययन गर्न पाउने

    २.कक्षा ११,१२ काे पनि भर्ना,पठनपाठन,परिक्षा एकसाथ संचालन हुने

    ३.आर्थिक वर्ष र शैक्षिकसत्र समायोजन हुने

    ४.हिमाली क्षेत्रका विद्यार्थीले समेत फागुनदेखि असारसम्म नियमित अध्ययन गर्न पाउने

    ५.शैक्षिकसत्र सुरु भईसकेपछि दशै तिहार वाहेक निरन्तर अध्ययन भई परीक्षा भएपछि मात्र लामाे विदा हुने ।

    ६. संस्थागत विद्यालयहरूलाई शैक्षिकसत्र सुरू भएदेखिकाे भर्ना,मासिक शुल्क लिने बाटो खुल्ने भएकाले शैक्षिकसत्र सुरू भएपछिकाे मात्र शुल्क तिर्न अभिभावकलाई पनि असहज नहुने

    ७.साउन,भदौमा कथम्कदाचित काेराेना संक्रमण वढेर गएमा पनि दशै पश्चात् जाेखिम घटेपछि नियमित अध्यापन गर्न सकिने ।

    उपराेक्त तथ्यहरूलाई मनन गरि शैक्षिकसत्र र आर्थिक वर्ष समायोजन गरि अगाडि बढ्नु सान्दर्भिक देखिन्छ ।

    लेखक नेपाल शिक्षक संघ,प्रदेश नं.५ का उपाध्यक्ष हुनुहुन्छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij