जिल्लाको गेरुवा गाउँपालिका वडा न ४ को वडा कार्यालयमा तालावन्दी गरिएको छ ।
वडा अध्यक्ष बलबहादुर चलाउनेले पटक पटक आफुहरुलाई वाईपास गर्दै मनोमानी ढंगले कार्य गर्ने गरेको भन्दै वडा सदस्यहरुले विहीवार दिउसो अनिश्चित कालका लागि वडा कार्यालयमा ताला बन्दी गरेका हुन् ।
पटक पटक सचेत गराउँदा समेत वडा अध्यक्षले कुनै सुनुवाईनै नगरी आफ्नै सुरमा मनोमानी ढंगले अगाडी बढन थाले पछी वडा कार्यालयमा तालावन्दि गर्न आफूहरु बाध्य भएको वडा सदस्य मायाराम खनालले गेरुवा कर्णाली पोष्ट लाई वताए ।
पछिल्लाे पटक वडा अध्यक्ष चलाउनेले प्रदेश सरकारकाे काेभिड १९ विशेष कार्यक्रम अन्तर्गत अनुदानका लागि वडाका सदस्यहरु संग कुनै छलफलनै नगरी आफुखुशी कृषक छनाैट गरी शिफारिस गरी पठाएकाे कार्यपालिका एवम् वडा सदस्य माेविला शर्मा पाैडेलले वताईन ।
यसपटक मात्र हाेईन विगतमा पनि यसैगरी सदस्यहरुलाई वाइपास गरेर वडा अध्यक्ष चलाउनेले मनाेमानी गर्दै आएकाे सदस्य जयवेला भेरीकारले वताईन ।