Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियाकाे समग्र विकासका निम्ती संचार जगतको अहम भुमिका : प्रजिअ लामीछाने

  • बर्दिया टुडे
  • 2.7K
    SHARES
  • बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले बर्दियाको विकास, शुसान लगायत समग्र विकासका निम्ति राष्ट्रको चौथो अंगका रुपमा रहेका संचार जगतको महत्वपुर्ण भुमिका भएको भन्दै अगामी दिनहरुमा मिडिया संगसंगै यहाँको विकासका निम्ती सहकार्य गर्दै अगाडी बढने बताउनु भएको छ । बर्दियामा नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा आउनु भएका लामिछानेले बर्दियाका संचारकर्मीहरु सँग को परिचयात्मक कार्यक्रममा उक्तकुरा बताउनु भएको हो ।
    परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लामीछाने आफनो क्षमता, दक्षता, एवं निती नियमका आधारमा रहि सवैको साथ र सहकार्य गर्दै जिल्लाको विकासका निम्ति काम गर्ने बताउनु भयो । बर्दियाका समग्र विषयमा बर्दियाका संचारकर्मीहरु संग पनि आफुले सल्लाह सुझाव लिएर अगी बढने बताउँदै लामीछानेले सल्लाह सुझाव दिन सञ्चारकर्मीहरु लाई आग्रह समेत गर्नु भएको छ ।
    परिचयात्मक कार्यक्रम नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धितालले बर्दिया जिल्लाका अवसर, चुनौती एवं समग्र जिल्लाको अवस्थाका बारेमा प्रमुख जिल्ला अधिकारी लामीछानेलाई जानकारी गराउनु भएको थियो । जिल्लाको अवस्थाका विषयमा यहाँ पहिले देखी नै काम गर्दै आउनु भएका प्रहरी, प्रशासनका कर्मचारी पनि जानकार रहेको भन्दै सवैको साथ र सहकार्यको साथै लाग्नु पर्ने आवश्यकता रहेको औंल्याउनु भयो । जिल्लामा भएको सम्पुर्ण संचार माध्यम तथा संचारमाध्यममा आवद्ध संचारकर्मीलाई समान रुपले सवैकुरामा सहाभागी गराई जिल्लाको समग्र विकासका निम्ती संचारकर्मीहरु सधै साथ रहने पनि अध्यक्ष धितालले बताउनु भयो । कार्यक्रममा बर्दिया जिल्लामा कार्यरत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij