Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दिया आईपुग्यो सलह, स्थानीयले मादल र थाल ठटाएर भगाए

  • बर्दिया टुडे
  • 4.4K
    SHARES
  •  

    शनिबार नेपाल प्रवेश गरेको सलह कीरा बर्दिया पुगेको छ । बर्दियाको गेरुवा गाउँपालिका वडा नं. १ बगहीपुरको धान खेतमा सलह देखिएको हो ।

    सलह देखिएपछि स्थानीयले मादल र थाल ठटाएर सलह भगाएका छन् ।
     

    दिउँसो धान खेतमा सलहको बथान आएको थाहा पाएपछि गाउँलेहरु मादल र थाल ठटाउँदै खेतमा पुगेका थिए। ‘धान सुपरजोमा कार्यरत कृषि प्राविधिकले धान खेतमा सलह आएको बताएपछि मादल बजाउँदै, थाल ठटाउँदै, घण्ट बजाउँदै स्थानीयले सलह भगाएका थिए ।

    धान खेतमा सलह देखिएको सलह नै भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोन राजापुरका प्रमुख डा. तपेन्द्र शाहले बताए । सलह देखिए पछि कार्यालयबाट प्राबिधिकको टोलि उक्त क्षेत्रमा पठाइएको डा.शाहले जानकारी दिए । 

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij