Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियामा काेराेना संक्रमित १ सय ६५जना पुगे

  • बर्दिया टुडे
  • 1.6K
    SHARES
  •  

    बर्दियामा कोरोना संक्रमितको संख्या १ सय ६५ पुगेको छ ।

    शनिबार बर्दियाका थप ४ जनामा संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या १ सय ६५ पुगेको हो । 

    शनिवार बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ का ३५ बर्षीय १ महिला, मधुवन नगरपालिका वडा नम्बर ५ का ३३ र २५ बर्षीय पुरुष तथा गेरुवा गाउँपालिका वडा नम्बर २ का ३५ वर्षीय पुरुषमा थप कोरोना स‍क्रमणकाे पुष्टि भएको हो। 

    बाँकेको भेरी अस्पतालमा गरिएको परिक्षणका क्रममा २४ घण्टामा बाँकेका २ र बर्दियाका ४ गरि ६ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै बर्दियाका ८ वटै पालिकामा संक्रमण फैलिसकेको छ।

    जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका अनुसार  गुलरिया २९, मधुवन ३०, बाँसगढी २०, राजापुर १५, बारबर्दिया ८, ठाकुरबाबा नगरपालिका ९ र बढैयाताल ४९ तथा गेरुवा गाउँपालिकामा ५ जना छन् । 

    बर्दियामा संक्रमण फैलिदै गएको र परिक्षणको गती सुस्त भएपछि स्थानीय त्रसित समेत बनेका छन्।

    संक्रमितलाई स्थानीय पालिकाहरुले तयार पारेका आइसोलेसन कक्षमा राखिँदै आइएको छ। 

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij