Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियामा ७२ जना कोरोना संक्रमित उपचारपछि घर फर्किए

  • बर्दिया टुडे
  • 1.8K
    SHARES
  • बर्दियाका ७२ जना कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् ।

    शनिबारसम्म निको भएर घर फर्कनेकाे  संख्या ७२ पुगेको हो। 

    जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्ण गोपाल चौधरीका अनुसार शनिवारसम्म ९ जना महिला र ६३ जना पुरुष उपचारपछि निको भएका हुन्। 

    निको भएर घर फर्कने गुलरिया नगरपालिकाका १६ जना, मधुवन नगरपालिकाका ८ जना, बाँसगढी नगरपालिकाका १५ जना, राजापुर नगरपालिकाका ९ जना छन्।

    यस्तै बारबर्दिया नगरपालिकाका ८ जना, ठाकुरबाबा नगरपालिकाका ३ जना तथा बढैयाताल गाउँपालिकाका १३ जना निको भएर घर फर्किएका छन्। 

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij