Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियाका ८ वटा स्थानीय तहमा १५४ संक्रमित (सूचीसहित)

  • बर्दिया टुडे
  • 2.5K
    SHARES
  •  

    बर्दिया जिल्लामा आइतवार सम्म एक सय ५४ जना व्यक्तिमा कोरोना संक्रमण भएको छ ।

    आइतबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ सय ५४ पुगेको हो ।

    जिल्लाका ८ वटा स्थानीय तहमा एक सय ४० पुरुष र १४ जना महिला संक्रमित छन् ।

    जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका सूचना अधिकारी कृष्ण गोपाल चौधरीका अनुसार हालसम्म बढैयाताल गाउँपालिकामा सबैभन्दा बढी संक्रमित देखिएका छन् । बढैयातालमा हालसम्म कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । भने सबैभन्दा कम १ जना मात्र संक्रमित गेरुवा गाउँपालिकामा छन् ।

    यसैगरी हालसम्म मधुवन नगरपालिकामा २८ जना, गुलरिया नगरपालिकामा २६ जना, बासगढी नगरपालिकामा २० जना संक्रमित रहेका छन् । राजापुर नगरपालिकामा १५ जना, बारबर्दिया नगरपालिकामा ८ जना र ठाकुरबाबा नगरपालिकामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले जानकारी दिए ।

    बर्दियामा हालसम्म कोरोना जितेर घर फर्कनेको संख्या २५ पुगेको छ । स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीका अनुसार हालसम्म गुलरिया नगरपालिकाका ७ जना, बासगढी नगरपालिकाका ६ जना, राजापुर नगरपालिकाका ८ जना र बढैयाताल गाउँपालिकाका ४ जना गरी जम्मा २५ जना कारोना जितेर घर फर्केका छन् । भने १ सय २९ जना आइशोलेसनमा उपचारारत् छन् ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij