Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियामा कोरोना संक्रमितको संक्रमितको संख्या १ सय १० पुग्यो

गेरुवा गाउँपालिका बाहेक ७ वटै स्थानिय तहमा कोरोना संक्रमित
  • बर्दिया टुडे
  • 946
    SHARES
  •  

    बर्दियामा पछिल्लो समयमा काेरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना संक्रमण देखिन थालेको हो । बैशाखको अन्तिम साता बर्दियामा पहिलो पटक राजापुरकी एक बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो । जेठ लागेयता जिल्लामा धामधम कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

    बर्दियामा असार २ गतेसम्म कोरोना संक्रमितको संख्या १ सय १० पुगेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । जिल्लाको गेरुवा गाउँपालिका बाहेक ७ वटै स्थानिय तहमा कोरोना संक्रमित भेटिएका छन् ।

    स्वास्थ्य कार्यालय बर्दियाका अनुसार हालसम्म मधुवन नगरपालिकामा हालसम्म २८ जना, गुलरिया नगरपालिकामा २२ जना, बढैयातालमा २० , बासगढी नगरपालिकामा १६ जना र राजापुर नगरपालिकामा १२ जनामा कोरोना भाइरस पुष्टि भइसकेको छ ।

    यसैगरि बारबर्दिया नगरपालिकामा ८ जनामा र ठाकुरबाबा नगरपालिकामा ४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो समयमा भारतबाट घर फर्केकाहरुमा संक्रमण देखिएको हो ।

    भारतबाट फर्केकाहरुलाई पालिकाहरुले स्थानियस्तरमा निमार्ण गरिएको क्वारेन्टाइनमा राखेका छन् । पछिल्लो समयमा जिल्लाका विभिन्न क्वारेन्टाइनमा करिव ३ हजार २ जना रहेका छन् । कोरोना संक्रमित सबैलाई आइशोलेसन कक्षमा राखिएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij