बर्दियाको राजापुर नगरपालिका १० कर्माेहनीबाट १ गड्डी तास र नगद ५२ हजार ८ सय रुपैया सहित ३ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको गस्ती टोलीले पाएको गोप्य सुचनाका आधारमा हारजित नै हुने गरी खेलिरहेको जुवा खालमै पुगेर जुवाडेलाई पक्राउ गरिएकाे ईलाका प्रहरी कार्यालय राजापुरका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक डिएसपी विश्वराज खड्काले जानकारी दिनु भयो । जुवाडेहरुका वारेमा थप अनुसन्धान भइ रहेको प्रहरीको भनाई छ । समाजमा विकृति फैलाउदै मनोरञ्जनको सट्टा हारजित नै हुने गरी जहाँ कही जुवा, तास, कौडा खेलेको भेटिएमा प्रहरीले कारवाही गर्ने पनि डिएसपी खड्काले वताउनु भयो ।