सरकारले कोरोना नियन्त्रणको नाममा बेथिती गरेको भन्दै युवाहरुकाे विरोध प्रदर्शन
बर्दिया टुडे
आषाढ १, २०७७ सोमवार
२०:४४:०२ मा प्रकाशित
2.1K
SHARES
2.1K
SHARES
सरकारले कोरोना नियन्त्रणको नाममा बेथिती गरेको भन्दै बर्दियाका युवाहले विरोध प्रदर्शन गरेका छन् । कोरोनाको संक्रमणको कहर बढ्दै जाँदा पनि पि सी आर परिक्षणको दायरा नबढाई अविश्वसनीय मानिएको आर डि टी परिणलाई नै जोडदिएको भन्दै उनीहले विरोध प्रदर्शन गरेका हुन ।
ADVERTISEMENT
उनीहले कोरोना परिक्षणको दायरा बढाई सरकार अघि बढ्नु पर्ने बताउँदै कोरोना परिक्षणको नाममा सरकारले खर्च गरेको १० अर्वको हिसाव किताव चुस्त र दुरुस्त जनताका सामु पेश गर्न माग गरेका छन् ।
विरोध प्रदर्शनका क्रममा गुलरिया नगरपािलका वडा नं. ७ स्थित बसपार्क नजिक रहेको आँप बगियाबाट निकालिएको ¥यालीले विभिन्न नारा लगाउँदै गुलरिया बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय बर्दिया मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्रमा वारेटाईन आफैमा कोरोनाको केन्द्रविन्दु बन पुगेकाले यसको गुणस्तरमा सुधार गर्नुपर्ने, स्वदेश तथा विदेशमा अलपत्र परेका, रोजगार गुमाएका र स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई सहुिलयत दरमा यथाशिघ्र उद्धार गरी उनीहको उचित व्यवस्थापन गनुपर्ने, सरकारले हालै सार्वजनिक गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेक नक्शामा मात्र सिमित नगरी गुमेको भूमि फिर्ता ल्याउन पहलकदमी यथासिघ्र अघि बढाउनुपर्ने मागहरु समेटीएको आदोलनमा सहभागि युवा खुमानद चौधरीले बताए ।
उनले एमिससी परियोजना खारेज गर्न सरकार सँग अनुरोध गर्दै यदि सरकारले युवाहको मागको वेवास्ता गरेमा कडाभदा कडा आदोलनमा उने चेतावनी समेत दिए । ज्ञापन पत्र बुझाए पश्चात प्रदर्शनमा सहभािग युवाहरुले जिल्ला प्रशासन कार्यालय अगाडी राष्ट्रिय गान गाएका थिए ।