बारबर्दिया र ठाकुरबाबा नगरपालिकाकामा पनि काेराेना संक्रमणकाे पुष्टि
बर्दिया टुडे
जेठ २६, २०७७ सोमवार
१७:४४:२८ मा प्रकाशित
1.9K
SHARES
1.9K
SHARES
बर्दिया जिल्लाको ठाकुरबाबा र वारवर्दियामा पनि कोरोना संक्रमणको पुष्टी भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय वर्दिया बर्दियाका कोरोना फोकल पर्सन कृष्णगोपाल चौधरीका अनुसार भेरी अस्पताल नेपालगञ्जमा सोमबार गरिएको परीक्षणमा ठाकुरबाबा नगरपालिकाका ३ र वारवर्दिया नगरपालिकाका दुईजना सहित मधुवननगर पालिकामा ४ जना तथा वाँसगढी नगरपालिकामा ९ जना गरी थप १८ जनामाकोरोना संक्रमणको पुष्टि भएको हो ।
ठाकुरबाबाबाबाका तीनजनाको कोरोना परिक्षण गर्दा सबैमा कोरोना देखिएको फोकल पर्सन चौधरीले बताए ।ठाकुरबाबा वडा नं. ३ का ३५ र ४० वर्षिय पुरुष र वडा नं. ४ का १९ वर्षका पुरुषमा कोरोना पुष्टि भएको हो ।
त्यस्तै वारबर्दिया नगरपालिकावाट १२ जनाको स्वाव संकलन गरिएकोमा वडा नं. ७ का ३४ वर्षिय पुरुष र ३३ वर्षिय महिलामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
त्यस्तै मधुवनमा ७ जनाको कोरोना परिक्षण गर्दा ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । संक्रमित वडा नं. ४ का तीन जना र वडा नं.७ का १ जना छन् । जस्मा ४ वर्षका बालक सहित २ महिला छन् ।
बाँसगढी नगरपालिकामा वडा नं.२ का ४ जना, वडा नं. ६ का २ जना, वडा नं. ५, ७ र ९ का एक एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । बाँसगढीमा १४ जनाको कोरोना परिक्षण गर्दा ९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
सोमवार १८ जना संक्रमित थपिएसंगै बर्दिया जिल्लामा कोरोना संक्रमितको संख्या ५८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय वर्दियाले जनाएको छ ।