Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

राजापुरको मानपुर टपरा स्थित न्यू वर्षा सप्लायर्समा आगजनी

  • बर्दिया टुडे
  • 2.7K
    SHARES
  •  

    दुर्घटनाको विषयलाई लिएर स्थानीयले राजापुर नगरपालिका वडा नं. ६ मानपुर टपरा स्थित न्यू वर्षा सप्लायर्समा आगजनी गरेका छन ।

    गत वैशाख ३० गते राजापुर नगरपालिका वडा नं.१० मा भएको दुर्घटनामा मृत्यु भएका सोमनाथ थारुको ज्यान गएपछी पिडीतका परिवारले न्याय नपाएको भन्दै स्थानीयले पसलबाट सामान बाहिर निकाली आगजनी गरेका हुन ।

    कोठीयाघाटवाट राजापुर नगरपालिका वडा नं. ६ महादेउली स्थित आफ्नो घर फर्किरहेका थारु सवार से ५ प ४३३२ नम्वरको मोटर साईकललाई न्यु वर्षा सप्लायर्सका प्रोप्राईटर हिमाल गौतमले चलाएको भे १ च ३४३१ नम्वरको जिपले ठक्कर दिदाँ थारुको ज्यान गएको थियो । थारुले कोठीयाघाटमा सरिता होटल सञ्चालन गर्दै आएका थिए ।

    प्रहरीले र न्यू वर्षा सप्लायर्सका प्रोप्राइटर गौतम संगको मिलेमतोमा घटनाको यथार्थ लुकाई सर्जिमिन मुचुल्का वनाई  घटनालाई गौतमकै पक्षमा पार्न सहयोग गरेको स्थानियको आरोप छ । मादक पदार्थ सेवन गरेर गौतमले गाडी चलाएका गौतमको मापसे चेक समेत प्रहरीले नगरेको आरोप पनि उनिहरुले लगाएका छन् ।

    पिडीतलाई न्याय दिई क्षतिपूर्ति समेत दिनुपर्ने स्थानीयको माग रहेको छ । 

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij