Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

भौरा क्षेत्रका किसानलाई धान भित्र्याउन चटारो

  • बर्दिया टुडे
  • 3.1K
    SHARES
  • बर्दियाको भौरा क्षेत्रका किसानलाई धान भित्र्याउन चटारो परेको छ । खेतै भर पहेलपुर पाकेका धानका वाला हेर्दै रोपाईका वेलामा वगाएको पसिना र दुःख विर्सेका यस क्षेत्रका किसान केही दिन अघि आकाशमा देखिएको वादलबाट तर्सिएका छन् । दिपावली अघिनै धान स्याहार्ने तयारीमा रहे पनि तिहार पछि धानको विटा लगाउने र थुपार्ने काम भई रहेको राजापुर नगरपालिका ३ का चिरञ्जीवि खनालले जनकारी दिनु भयो । अहिले किसानको दैनिकी धान बोक्ने, कुन्यु लगाउने र दाई गर्ने चटारोले भ्याई नभ्याई भएको छ । राजापुर नगरपालिका ३ टेडियाका किसान चन्द्रिका थारुले धान काटन पावरटिलर र रिफरबाटै काट्न सुरु गर्ने वताउनु भयो । मान्छेले भन्दा सस्तो पर्ने र चाँडै हुने भएकाले रिफरको उपयोग गर्ने किसान थारुको भनाई छ । चाडपर्व र काम एकै पटक आएकाले किसानलाई काममा चटारो परेको हो । अहिले खास गरी खेतमा तोरी छर्ने, आलु रोप्ने किसानलाई ढिला हुन्छ की भन्ने चिन्ताले पिराेलेको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij