Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

प्रजिअका सवारी चालकलाई कोरोना भाइरस संक्रमण

  • बर्दिया टुडे
  • 1.3K
    SHARES
  •  

    जिल्ला प्रशासन कार्यालय, बर्दियाका सवारी चालक कोरोना संक्रमित भएका छन् । ५५ वर्षीय संक्रमित प्रमुख जिल्ला अधिकारीका सवारी चालक हुन् । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी बालकृष्ण अधिकारीका अनुसार चालकलाई गुलरियास्थित जिल्ला समन्वयको सभाकक्षको आइसोलेसनमा राखिएको छ ।

    उनी दुई दिनअघि सरुवा भएका प्रजिअ प्रेमलाल लामिछानेलाई काठमाडौं पुर्‍याएर आएका थिए । सरुवा भएका प्रजिअ लामिछानेको पीसीआर नेगेटिभ देखिएको सूचना अधिकारी अधिकारीले बताए । नयॉ प्रजिअ लिलाधर अधिकारीलाई उनले काठमाडौंबाट ल्याएका थिए ।

    यसैबीच जिल्ला प्रशासन कार्यालयलाई सिल गरी १९ जनाको शनिबार पीसीआरका लागि स्वाब संकलन गरिएको छ । अन्यको आइतबार गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । पीसीआर रिर्पोट नआएसम्म सबैलाई होम क्वारेन्टाइनमा राखिएको छ । रिपोर्ट नआएसम्म कार्यालयको काम फोनबाट हुने भएको छ । साभारः कान्तिपुर

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij