बर्दियामा एकैदिन २८ जना थपिए, काेराेना संक्रमित ४१ पुगे
बर्दिया टुडे
जेठ २४, २०७७ शनिवार
१४:४०:१७ मा प्रकाशित
2.4K
SHARES
2.4K
SHARES
बर्दियामा एकैदिन २८ जनामा कोरोना पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा बर्दियामा २८ कोरोना पुष्टि भएको सूचना अस्पतालले फेसबुक पेजमा राखेको छ ।
बर्दियामा सबैैभन्दा बढी संक्रमित गुलरिया नगरपालिकामा पुष्टि भएका छन् । संक्रमितमध्ये नगरपालिकाको वडा नं. ३ का नौ जना र वडा नं. ६ र १० का एक एक जना छन् । राजापुर नगरपालिका र बाँसगढी नगरपालिकामा पाँच पाँच जनामा कोरोना पुष्टि भएका छन् । राजापुरको वडा नं. १० का तीन जना र वडा नं. ८ का दुई जना छन् ।
त्यस्तै वाँसगढी नगरपिलिका वडा नं. ९ का ३, वडा नं. २ र ६ का एक एक छन् । त्यसैगरी मधुवन नगरपालिकाको वडा नं. २ र वडा नं. ५ का दुई दुई जना गरी चार जनामा कोरोना संक्रमण भएको छ ।
बढैयाताल गाउँपालिकाका थप तीन जनामा संक्रमति देखिएको छ । वडा नं. ७ का दुई जना र वडा नं. ६ का एक जना छन् ।
आज पुष्टि भएकाहरु समेत गरी बर्दियामा ४१ जनामा काेराेना संक्रमणाकाे पुष्टि भएकाे छ ।
त्यस्तै बाँकेमा १२ जनामा काेराेना संक्रमणकाे पुष्टि भएकाे छ । १२ मध्ये खजुरा गाउँपालिकामा ८ जना नयाँ संक्रमित थपिएका हुन् । उनीहरु ७ जना वडा नंं. ४ का र एक जना वडा नं. ५ का हुन् । बैजनाथका तीन जनामध्ये दुई जना वडा नं. ६ का र एक जना वडा नं. २ का रहेका छन् । नेपालगन्ज उपमहानगरपालिका १ का एक महिलालार्ई पनि कोरोना पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।