Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियामा पीसीआर दायरा बढाउन र परीक्षण ल्याब स्थापना गर्न माग

  • बर्दिया टुडे
  • 2.0K
    SHARES
  •  

    मुलुकभर दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । जिल्लामा भारतबाट घर फर्कनेको क्रम पनि रोकएको छैन । भारतबाट आएकहरु अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्छ । जिल्लाका विभिन्न पालिकाहरुमा बनाइएको क्वारेन्टाइन भरिन थालेका छन् ।

    क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्य परीक्षण १० देखि १४ दिन भित्र गर्नु पर्ने नियम छ । क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्य परीक्षणको आरडीटी विधिबाट मात्र गरिने गरिएको छ । जबकी आरडीटी विधिबाट गरिएको स्वास्थ्य परीक्षणको रिर्पोट भरपर्दो मानिदैन । पछिल्लो समयमा आरडीटी विधिबाट परीक्षण गरिएको रिर्पोट नेगेटिभ आएकाहरुको पीसीआर विधिबाट परीक्षण गर्दा रिर्पोट पोजेटिभ देखिएको छ । जसले गर्दा आरडीटी परीक्षणको रिर्पोट माथि शंका उब्जन थालेको छ ।

    क्वोन्टाइनमा बसेकाहरुको आरडीटी विधिबाट मात्र स्वास्थ्य परीक्षण गरेर रिर्पोट नेगेटिभ आएको आधारमा धमाधम घर पठाउने गरिएको छ । जसले गर्दा समुदायमा झनै त्रास फैलिरहेको छ । क्वारेनटाइनमा बसेकाहरु पनि आरडीटी नेगेटिभ आधारमा घर फर्कनु पर्दा सन्तुष्ट देखिदैनन् । आरडीटी रिर्पोटकै आधारमा घर फर्काउदा यसले समुदायमा भुसको आगो जस्तै गरि संक्रमण फैलन सक्ने भन्दै स्थानियबासीहरु चिन्तित भएका छन् ।

    कोरोना संक्रमण समुदायमा फैलन नदिन क्वारेन्टाइनमा बसेकाहरुको अनिवार्य पीसीआर विधिबाट स्वास्थ्य परीक्षण गरिनु पर्ने माग उठ्न थालेको छ । ‘ पीसीआर परीक्षण नै एक मात्र भरपर्दो परीक्षण हो । जिल्लामा संक्रमण रोक्न अनिवार्यरुपमा पीसीआर विधिबाट परीक्षण गरिनु पर्छ,’ नेपाल रेडक्रस सोसाइटी ठाकुरबाबा उपशाखाका सभापती यज्ञ नेपालले भने ।

    पीसीआर विधिबाट परीक्षण गर्नुको विकल्प नभएको जिल्लाबासीहरु बताउँछन् । यो जिल्ला भारतीय सीमावर्ती जिल्ला हुनुका साथै रेड जोनको जिल्ला भएकाले यहाँ पीसीआरको दायर बढाउँनुका साथै पीसीआर ल्याब स्थापना गरिनु पर्ने स्थानिय शिक्षक जीवराज पाण्ड्ेय बताउँछन् । क्वारेन्टाइनमा बसेकाहरुलाई पीसीआर परीक्षण नगरेरै घर पठाउँदा स्थानियबासीमा आक्रोश बढ्न थालेको छ । आरडीटीकै भरमा क्वारेन्टाइनमा बसेकाहरुलाई घर फर्कएर राज्यले जनताको स्वास्थ्यमा खेलवाड गरेको स्थानियको आरोप छ ।

    जिल्लालाई कोरोना संक्रमणको जिखिमबाट बचाउनका लागि पीसीआरको दायर बढाएर जिल्लामै पीसीआर परीक्षण ल्याब स्थापना गरिनु पर्ने चौतर्फी माग बढन थालको छ । जिल्लामा केही समय अघि आइशोलेसन कक्ष पनि थिएन । जिल्लामा आइशोलेसन कक्ष स्थापना गर्न चौतर्फी दवाव बढेपछि स्थानिय सरकारहरुले आइशोलेसन कक्ष पनि निमार्ण गरेका छन् । हाल जिल्लाका विभिन्न पालिकामा गरि जम्मा ९० शैयाको आइशोलेसन कक्ष पूर्णरुपले तयारी अवस्थामा छन् । यसले कोरोना संक्रमितको उपचारमा ठूलो सहयोग पुर्याउने जिल्लाबासीहरु बताउँछन् ।

    कोरोना संक्रमण रोक्नका लागि जनचेतना जगाउन, क्वारेन्टाइन व्यवस्थापन गर्न, राहत वितरण गर्न, जनशक्ति परिचालन गर्न, आइशोलेसन कक्ष निमार्ण गर्न , आरडीटी किट खरिद गर्नलगाएतका काममा पालिकाहरुले ठूलो रकम खर्च गर्दै आएका छन् । तर पीसीआर परीक्षणको दायरा नबढाउँदा संक्रमण फैलियो भने पालिकाहरुले गरेको खर्च बालुवामा पानी खन्याए जस्तै हुने स्थानियबासीको भनाई छ । पालिकाहरुले आरडीटी किट खरिदमा खर्च गर्नु भन्दा विकास वजेटको केही रकम रकमान्तर गरेर भएपनि अब पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न प्रयोग हुने भिटिएम उपकरण खरिद गर्नु पर्ने जिल्लाबासीको सुझाब छ ।

    पालिकाहरुले जिल्लामा पीसीआर परीक्षणको दायर बढाउन र जिल्लामै पीसीआर परीक्षण ल्याब स्थापना गर्न संघिय र प्रदेश सरकार समक्ष तत्काल पहल गर्नु पर्ने स्थानियहरुको माग छ । पालिकाहरुसँगै राजनैतिक दल, राजनितीकर्मी, समाजसेवी, व्यापारीलगाएत सरोकारवाला निकय कोरोना संक्रमणलाई रोक्न र जनतालाई सहज उपचारको पहुँच पुर्याउन सबै एक जुट भएर लाग्नु पर्ने आम नागरिकको भनाई छ । साभारः राजधानी

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij