Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

मंगलवार ३ जना थपिए सँगै बर्दियामा काेराेना संक्रमितको संख्या १३ पुग्यो

  • बर्दिया टुडे
  • 2.5K
    SHARES
  •  

    मंगलवार ३ जना थपिए सँगै बर्दियामा काेराेना संक्रमितको संख्या १३ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका  प्रवक्ता डा विकास देवकोटाका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा  गुलरियाका ३ जनामा संक्रमण पुष्टि भएको हाे । 

    संक्रमण पुुष्टि भएका तीनै जना गुलरिया नगरपालिका वडा नं. १ स्थित नेपाल राष्ट्रिय शम्भुशरण मा.वि. खैरापुरको क्वारेन्टिनमा रहेका ३४ वर्षीय, २० वर्षीय र ३२ वर्षीय पुरुष हुन । उनीहरु सबै वडा नं. १ कै हुन ।

    कोरोना संक्रमण पुष्टि भएका तिनै जनालाई गुलरिया स्थित जिल्ला समन्वय समितिको हलमा निर्माण गरिएको कोरोना आइसोलेशन सेन्टरमा लैजाने तयारी भैरहेको बर्दियाका कोरोना फोकल पर्सन कृष्ण गोपाल चौधरीले जानकारी दिए ।  तीनै जना भारतबाट आएका थिए ।

    बर्दियामा कोरोना संक्रमितको संख्या १३ पुगेको छ भने दुई जना निको भएर घर फर्किसकेका छन् ।

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij