बर्दियामा ३ जना नयाँ संक्रमितसहित थप २८८ जनामा संक्रमण पुष्टि, संक्रमित २ हजार ९९ पुगे
बर्दिया टुडे
जेठ २०, २०७७ मंगलवार
१३:०६:४६ मा प्रकाशित
2.2K
SHARES
2.2K
SHARES
नेपालमा मंगलबार बर्दियामा ३ जना नयाँ संक्रमितसहित थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार रौतहटमा ७४, स्याङ्जामा १०, सप्तरीमा १, बर्दियामा ३, बाँकेमा १७, सुर्खेतमा २७, दैलेखमा ९, सल्यानमा १८, अछाममा १०, बारामा १, दाङमा १७, प्युठानमा १, कञ्चनपुरमा ८, कैलालीमा १०, धनुषामा ६,महोत्तरीमा २, सर्लाहीमा २१,सिराहामा १७, भक्तपुरमा १, धादिङमा २३, कपिलवस्तुमा १६, काठमाडौँमा ४, नवलपरासीमा २, नुवाकोटमा २ र स्पन्देहीमा १० जना संक्रमित थपिएका हुन्।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २०९९ पुगेको छ। तीमध्य १९४९ जना पुरुष र १५० जना महिला रहेका छन्।
यस्तै अहिलेसम्म कोरोना भाइरसबाट ६१ जिल्ला प्रभावित भएका छन्।