Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

नेपालमा कृषि उत्पादन घट्दै परनिर्भरता बढ्दै

  • बर्दिया टुडे
  • 3.3K
    SHARES
  • नेपालमा कुल जनसख्या मध्ये २०६८ जनगनणा अनुसार करीब ६५ प्रतिशत जनसख्या कृषि पेसामा संलग्न छन् । त्यसैलाई आधार बनाएर अहिलेसम्म पनि हामी कृषि प्रधान देश भनिरहेका छौं । तर पनि हामीले वर्षेनी खाद्यान्न भारत लगायत विदेशी मुलुकबाट आयात गरिरहनु परेको    छ ।
    नेपालमा करीब कुल भूभाग मध्य २८ प्रतिशत जमिन खेतियोग्य रहेको भने त्यस मध्य २१ प्रतिशत जमिन मात्र खेती भैरहेको छ । नेपालमा यति धेरै जमिन खेति योग्य हुँदा पनि कृषि उत्पादन बृद्धि हुन सकिराखेको छैन । सरकारले ल्याएको कृषि विकासका कार्यक्रमले पनि सबै क्षेत्रमा पहुँच पु¥याउन सकेको छैन । फलस्वरुप कृषिमा अहिले खेति योग्य जमिन घटिरहेको छ । अहिले दिनदिनै खेतीयोग्य जमीन खडेरीमा परिणत भईरहेको छ । भने त्यसको मारमा मुलुकले खाद्यमा परनिर्भर हुनु परेको छ । दिन दिनै युवाहरु विदेशी रहेका छन । भएका जमीनमा गरिएका कृषि उत्पादनले बजार पाउन सकिरहेको छैन । कृषि केहि आधुनिक परिवर्तन हुन खोजेको भएता पनि त्यो पर्याप्त हुन सकेको छैन । अर्को तर्फ कृषि ब्यबसाय गर्नेहरु पनि सुरक्षित हुन सकेका छैनन् । कृषि पेसामा ढुक्कसँग लाग्ने वाताबरण छैन । पछिल्लो समयमा नेपाली युवाहरु तरकारी खेतीमा आर्कषित भएको देखिन्छ विशेष गरी च्याउ छितो समयमा धेरै उत्पादन र आम्दानी हुने भएकाले खेती बढ्दो छ भने बजार खड्दै गईरहेको छ ।
    केहि दशक पहिले नेपालले चामलको निर्यात गथ्यो अहिले यो सुन्दा अच्चम लाग्छ । तर यो सत्य हो । नेपालमा २०२९ साल देखि नेपालले खाद्यान्न आयात गदै आईराखेको छ । नेपालले एक वर्षमा करीब १२५ अर्ब सम्मको खाद्यान्न आयात गर्ने गरेको छ । आर्थिक हिसावले हेर्ने हो भने गत आ.व २०७४÷०७५ मा २९ अर्व ५३ करोडको चामल र मकै १२ अर्व ५५ करोडको मुल्य वरावरको खाद्यन्न आयात भैरहेको छ । यो चालु आ.व को ५ महिनाको अवधिमा मात्र धान र कमै क्रमस १३ अर्व५८ करोड र मकै ५ अर्व १९ करोडको आयात भएको छ । त्यस्तै फलफुल तिर हेर्ने हो भने पनि आ.व २०७४÷०७५ मा स्याउको आयात तर्फ ५ अर्व ६३ करोड र तरकारी आलु ६ अर्व ३५ करोडको आयात हुन गरेको छ । नेपालमा उत्पादन हुने फलफुल विक्रि नभएर बोटमा कुहिनु पर्ने अबस्था छ । बजार सम्म पु¥याउन लागत बढि हुने हुदा यस्तो समस्या देखिएको हो । नेपालको कृषि उपजले बजार नपाउनु र खाद्यान्न आयात बढ्दै जानुले नेपालको बजेट बाहिरिँदै आएको छ आज अर्को देशमा उत्पादन हुदा ल्याउन सजिलो छ भोलि त्यहि देशमा नै उत्पादन छोडेमा के गर्ने त सधै अर्काको आस गरेर त हुदैन कहिलेसम्म परनिर्भरतामा बसिरहने हो ?
    नेपालमा भौगोलिक हावापानीले नेपालमा सबै थरीका बाली अर्थात बोटविरुवा लगाउन सकिन्छ । जस्तै नेपालको उच्च पहाडमा जडिबुटिहरु र चौरी गाई रहेका छन् भने र उच्चपहाडमा स्याउ लगायत अन्य फलफुल लगाउन सकिन्छ । मध्य पहाडमा सबै थरीका फलफुल र पहाडमा मकैको धेरै सम्भावना बोकेको क्षेत्र हो पहाडको प्रमुख खाद्यान्न बालि मकै नै यो नेपालको कुल उतपादन मध्य ७० प्रतिशत मकै पहाडमा हुन्छ । मध्य पहाडमा धानको उत्पादन कमै मात्रमा हुने गर्दछ जसको कारणले त्यहाँ मकै खेति धेरै हने गर्दछ तर केहिसमय यता भने पहाडि मकै लगाउने चलन कम हुदै गैरहको छ । धेरै दु ख गरेर थोरै उत्पादन हने भए पछि किसानले मकै लगाउन छोडेका हुन र पहिलेको भन्दा उत्पादन घटेको कारणले पनि किसान निरास भएका छन् । पछिल्लो समयमा पहिले मकै उपयोग हुने गरेको क्षेत्रमा चामल प्रयोग हुन थालेको छ । पहिले स्थानिय उत्पादनबाट खाध्यन्नको आपूर्ति हुन्थ्यो भने भने चामल किनेर खाने चलन बढेको छ । जसको कारणले बाहिरबाट खाद्यान्न आयात बढदै गएको छ । भने तराईमा प्रमुख खाद्यान्न बालि धानको उत्पादन बढी हुने गर्दछ । अहिले सबै उत्पादन तराईको धान पहाडि क्षेत्रमा पुग्ने गर्दछ । तर तराई क्षेत्रमा पनि अहिले खेति हुने जमिनमा धमाधम घर बनि राखेका छन । धान उत्पादन हुने क्षेत्रफल पनि कम हुदै गईरहेको छ ।
    नेपालमा खाद्यान्न आयात हुनको कारणहरु
    १) सहरीकरण
    केहि वर्ष यता पहाडि क्षेत्रमा उत्पादन सुविधा नभए पछि बसाई सराई गर्ने क्रम निकै बढेको छ । पहाडि क्षेत्रको खेतबारी बाँझै राखेर तराई वा सविधा समपन्न ठाँउमा बसाई सर्ने गरेका छन । त्यहाँ खेतिपाती नभए पछि केहि विदेश जाने घर कमाएर ल्याएर तराईमा घर बनाउने बस्ने गरेको कारण उनीहरुले आफै उत्पादन गरेर त खादैन् त्यहि किनेर खाने गरेको कारण पनि खाद्यन्नको आयात वढ्दै भएको हो
    २) स्थानिय उत्पादन बस्तुको सन्तुलन प्रयोग नहुनु
    अहिले हेर्ने हो भने हामीले स्थानिय उत्पादन भन्दा बाहिरबाट आयात गरिएका प्याकेजिङ्ग खाद्य बस्तुहरुको प्रयोग बढेको देख्न पाउँछौं । हामीसंग भएको स्थानिय उत्पादनलाई त्यत्ति महत्वका साथ प्रयोग गरेको पाईदैन । स्वभावलले भन्ने हो भने जुन ठाँउमा जुन कृषि उपजको उत्पादन हुन्छ त्यो क्षेत्रमा त्यस क्षेत्रमा त्यसको महत्व कम हुन्छ । जस्तै पछिल्लो समयमा पहाडि क्षेत्रमा उत्पादन हुने जौ त्यसको पोष्टिक महत्व धेरै रहेको छ तर जहाँ उत्पादन हुन्छ त्यहाँ त्यसको उपयोग हुन सकेको छैन् । जसको कारणले पशुहरुलाई दानाको रुपमा प्रयोग भैरहेको छ । तर जहाँ उत्पादन छैन त्यहाँ त्यसको महत्व धेरै मानिन्छ जहाँ त्यसको उपयोग बारेमा जानकारी छ । त्यहाँ महत्व छ तर पाउदैन । त्यसकारणले स्थानिय बस्तु नै स्थानिय तहमा उपयोग हुन नसक्दा आयात बढ्नुको अर्को कारण हो ।

    ३) कृषिमा प्रयाप्त मात्रत्रमा सोत र साधन नहुनु ।
    नेपालमा अहिले कृषि पेसा गदै आईरहेका किसानहरुले विभिन्न किसिमका समस्या बारम्बार भोग्दै आईराखेका छन । जस्तै मलको अभाब नेपालको किसानको माग अनुसार मल आपूर्ति नहुदा उत्पादन घटिरहेको छ । त्यस्तै गरेर अन्य कुराको अभाब गुणस्तर विउको अभाब कृषि पैसा र सेवा सबै क्षेत्रमा नपुग्नु यि कारणले नेपालमा उत्पान नहुँदा आयात बढ्ने क्रम रहेकोछ ।
    ४) कृषिको कार्यक्रम प्रभाबकारी नहुनु
    नेपाल सरकारले कृषिको लागि भिविन्न कार्यक्रम सञ्चालन गरेको छ तर त्यो कार्यक्रम प्रभाबकारी रुपमा भने भएका छैन । कृषिको जति कार्यक्रम भए सबैबाट सोचे अनुरुपको प्रगति भने देख्न पाइएको छैन । केहि कार्यक्रम प्रभाबकारी भएतापनि त्यो सबै किसानको पहुँचमा पुग्न सकेको छैन । प्रभाबकारी रुपमा अनुगमन र मुल्यानकन नहुँदा यस्तो अवस्था आएको हो ।


    ADVERTISEMENT

    images

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij