Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गुलरिया नगरपालिकामा महिलाहरुका लागि छुट्टै क्वारेन्टिन

  • बर्दिया टुडे
  • 2.6K
    SHARES
  •  

    बर्दियाको गुलरिया नगरपालिकामा महिलाकालागि छुट्टै क्वारेन्टिन निर्माण गरिएकाे छ ।क्वारेन्टिनमा वस्ने महिलाको सङ्ख्या बढ्दै गएपछि तिनका लागि छुट्टै क्वारेन्टिन निर्माण भएको हाे। गुलरिया –४ कोटही माध्यमिक विद्यालयमा ३० शैया क्षमता भएको क्वारेन्टिन निर्माण भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ। उक्त क्वारेन्टाइनमा भारतबाट आएका चार महिला छन्।

    क्वारेन्टिनमा सुरक्षाका लागि सबै महिला प्रहरी र स्वास्थ्यकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत बालकृष्ण अधिकारीले बताए। जिल्लामा १४४ क्वारेन्टिनमा महिलापुरुष गरी तीन हजार ९१८ जना छन्।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij