भारतबाट आउने तरकारी र मासुजन्य पदार्थमा सधैँका लागि रोक
बर्दिया टुडे
जेठ १८, २०७७ आइतवार
१७:१७:३८ मा प्रकाशित
5.0K
SHARES
5.0K
SHARES
बर्दियाको मधुवन नगरपालिकाले भारतबाट तरकारी र मासुजन्य पदार्थ आयात गर्न रोक लगाएको छ ।
नगर कार्यपालिकाको बैठकले लकडाउन अवधिभर मात्र नभई सधैँका लागि भारतबाट तरकारी र मासुजन्य पदार्थ आयात गर्न प्रतिबन्ध लगाएको हो । भारतबाट आयात हुने तरकारी र मासुजन्य पदार्थका कारण स्थानीय कृषकको उत्पादनले बजार नपाएकाले रोक लगाइएको मधुवन नगरपालिकाका मेयर गणेशबहादुर केसीले बताए ।
मेयर केसीले भारतबाट आयात हुने तरकारीमा अत्यधिक विषादी हुने भन्दै नगरभित्रका कृषकलाई तरकारी र मासुजन्य पदार्थ उत्पादनका लागि प्रोत्साहनसमेत गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको बताए । भारतबाट तरकारी आयात बन्द गर्ने निर्णय भएसँगै स्थानीय कृषक भने उत्साहित भएका छन् ।
भारतबाट तरकारी आयातमा रोक लगाइँदा अस्वाभाविक रूपमा मूल्य बढ्ने सक्ने भएकाेले नगरपालिकाले अनुगमनलाई पनि सँगसँगै अगाडि बढाउने निर्णय गरेको छ । साभारः नयाँ पत्रिका