Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियामा रुकुम पश्चिमकाे घटना विरुद्व विरोध प्रदर्शन

  • बर्दिया टुडे
  • 1.8K
    SHARES
  •  

    रुकुम पश्चिम चौरजहारीमा भएको घटनाको विरोधमा बर्दियामा पनि प्रदर्शन गरिएको छ । जिल्लाको सदरमुकाम गुलरिया नगरपालिका, मधुवन नगरपालिका, ठाकुरबाबा नगरपालिकालगाएतका स्थानमा दलित अधिकारकर्मीहरुको अगुवाइमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको हो ।

    हत्यारालाई कारवाही गर, मानवअधिकारको रक्षा गर, घटनाको सत्यतथ्य छानविन गरलगायतका प्ले कार्ड र व्यानरसहित विरोध प्रदर्शन गरिएको थियो । विरोध प्रदर्शन पश्चात जिल्ला प्रशासन कार्यालय र विभिन्न पालिकाका नगरप्रमुखहरु मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाइएको छ ।

    घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाइएको नगर स्तरिय दलित सेवा संघ बर्दियाका अध्यक्ष ताराबहादुर सुनारले वताए । रुकुमको घटनाले सिंगो मानव समाज आक्रोशित हुनुका साथै दलित सञ्जाल स्तव्ध भएको र उक्त घटनाले संविधान र लोकतन्त्रको मूल्य मान्यतालाई उपहास गरेको अध्यक्ष सुनारले बताए ।

    पश्चिम रुकुमको चौरजहारी नगरपालिकामा यही जेठ १० गते भएको घटनामा जाजरकोट भेरी नगरपालिका –४ राना गाउँका नवराज विकलगाएत ५ जनाको ज्यान गएको थियो । भेरी नगरपालिका–११ का एक जना अझै बेपत्ता छन् ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij