क्वारेन्टाइनमा वसेका महिलाहरूका लागि सरसफाइ र महिनावारी स्वच्छता सम्बन्धि सामग्री
बर्दिया टुडे
जेठ १८, २०७७ आइतवार
१५:४८:०२ मा प्रकाशित
2.7K
SHARES
2.7K
SHARES
नेपाल रेडक्रस साेसाईटीले क्वारेन्टाइनमा वसेका महिलाहरूलाई सरसफाइ र महिनावारी स्वच्छता सम्बन्धि सामग्री डिग्निटि किट उपलब्ध गराएको छ ।
बिश्वब्यापी महामारीको रूपमा फैलिएको काेराेना भाईरसकाे राेकथाम र नियन्त्रणका लागि बनाईएका क्वारेन्टाइनमा वसेका महिलाहरूलाई क्वारेन्टाइनमा वस्दा थप समस्या र जटिलता नहाेस भन्ने उद्देश्यले सामग्री उपलब्ध गराईएकाे हाे ।
ठाकुरबाबा नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा वसिरहनु भएका १० जना महिलाहरूलाई ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखा मार्फत सामग्री उपलब्ध गराईएकाे नेपाल रेडक्रस साेसाईटी ठाकुरबाबा उपशाखा सभापति यज्ञप्रसाद नेपालले जानकारी गराए ।
नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा वर्दियाकाे समन्वयमा प्राप्त सरसफाइ सामग्री ग्रहण गर्दै ठाकुरबाबा नगरपालिका स्वास्थ्यशाखा प्रमुख ईन्द्रवहादुर राजवंशीले यस विपतकाे घडिमा रेडक्रसकाे तर्फबाट प्राप्त सहयोग प्रति धन्यवाद ज्ञापन गर्दै क्वारेन्टाइनमा वसेका दिदीबहिनीहरूका लागि थप सामग्री उपलब्ध गराईदिन आग्रह गरेका छन् ।