बर्दियाका व्यावसायि संगठित, जिल्ला उद्योग वाणिज्य समन्वय समिति गठन
विभिन्न माग राख्दै वुझाए ज्ञापनपत्र
बर्दिया टुडे
जेठ १७, २०७७ शनिवार
०३:०२:३८ मा प्रकाशित
1.9K
SHARES
1.9K
SHARES
वर्दिया जिल्लाका आठओटै स्थानीय तह अन्तरगत गठन भएका उद्योग वाणिज्य संघका शाखाहरु संगठीत भएर जिल्ला उद्योग वाणिज्य समन्वय समिति गठन गरेका छन ।
लामो समयको लकडाउनका कारण देशको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव परेको भन्दै जिल्लाको व्यापार व्यवसाय प्रवर्द्धन र व्यवस्थापनका लागि वर्दियाका व्यावसायिहरु संगठित भएर बिहिवार समन्ववय समिति गठन गरेका हुन ।
गुलरिया उद्योग वाणिज्य संघका अध्यक्ष विर वहादुर चौधरीको संयोजकत्वमा गठन भएको समितिले संकट व्यवस्थापन केन्द्रको वैठकमा नीजिक्षेत्रको सहमागिता, बैङ्क व्याज तथा घर बहाल पूर्ण रुपमा छुट गर्न माग गर्ने तथा सामाजिक दुरी कायम गरेर व्यवसाय सञ्चालन गर्न माग गर्ने निर्णय गरेको छ ।
समितिले कोरोना संक्रमण फैलन नदिन राज्यव्यवस्थालाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाउदै समितिले गरेका निर्णयहरु मागका रुपमा प्रस्तुत गर्दै विहिवार प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने समक्ष ज्ञापन पत्र समेत बुझाएको छ ।