क्वारेन्टीनमा बसेका एक जनाकाे ज्यान गयाे, कोरोना परिक्षण हुने
बर्दिया टुडे
जेठ १४, २०७७ बुधवार
०४:५१:५२ मा प्रकाशित
1.7K
SHARES
1.7K
SHARES
बर्दियाको गुलरिया नगरपालिकाको क्वारेन्टीनमा बसेका एक जनाको ज्यान गएको छ ।
बबई क्याम्पसमा रहेको क्वारेन्टीनमा बसेका बर्दियाको गुलरिया नगरपालिका वडा नं ९ का ५५ वर्षिय पुरुषको ज्यान गएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।
हृदयघातका कारण ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको उनले बताए ।
कामका लागि अछाम पुगेका उनी १६ जना अन्य साथीहरुको साथ अछामबाट ६ दिन पैदल हिँडेर मंगलबार राति बर्दिया पुगेर गुलरियाको बबई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा पुगेका थिए ।
मंगलबार राती क्वारेन्टीनमा राखिएका उनको बुधबार बिहान करिब ६ बजे मृत्यु भएको हो । अहिले मृतकको स्वाब परिक्षण गर्ने तयारी भइरहेको छ । हाल बर्दियामा २३ सय ६७ जना क्वारेन्टाइनमा रहेका छन् भने हालसम्म बर्दियाबाट स्वाव टेष्ट गरेका मध्येमा ६ जना पोजेटिभ भेटिएका छन् ।