साेमवार थप ३ जनामा काेराेना भाईरस संक्रमणकाे पुष्टि भएकाे छ ।
बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका वडा नम्बर १ का १८ वर्षका एक पुरुष र वडा नम्बर १० का २४ र २२ वर्षीय २ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
यो संगै बर्दियामा कोरोना संक्रमितको संख्या ७ पुगेको छ । यस अघि बर्दियाका राजापुरमा १ जना, गुलरियामा १ जना त्यस्तै बासगढिमा र बढैयाताल गाउँपालिकामा १, १ जना संक्रमित फेला परिसकेका छन् ।