Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दिया बढैयातालका १ जनामा पनि कोरोना पोजेटिभ देखियाे, संक्रमितको संख्या ५ सय ८४ पुग्यो

  • बर्दिया टुडे
  • 3.4K
    SHARES
  •  

    बर्दिया बढैयातालका १ जना सहित नेपालमा थप ३६ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । देशका विभिन्न अस्पतलामा गरिएको पछिल्लो परीक्षण विवरणअनुसार थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

    बाँकेका संक्रमित सबै नरैनापुर गाउँपालिका हुन् । बैतडीको शिवनाथ गाउँपालिकामा, बर्दियाको बढैयाताल गाउँपालिकामा १ जना, झापाको झापा गाउँपालिकामा १ जना संक्रमित भेटिएका हुन् । यसअघि शनिबार बिहान मात्रै विभिन्न ठाउँमा गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार सेती अस्पतालमा ४ जना रहेका छन् । उनीहरू आरडीटी पोजेटिभ देखिएकोमा पीसीआर विधिबाट गरिएको परीक्षण पनि पोजिटिभ देखिएको हो ।

    कोसी अस्पतलामा गरिएको परीक्षणमा झापाका थप एक जनामा १ जनामा पोजेटिभ देखिएको छ । त्यसैगरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नरैनापुर मदर्साका ६ जनाको पोजेटिभ देखिएका छन् । नरैनापुर ३ को राष्ट्रिय माबि गेगली १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    त्यसैगरी नरैनापुर १ को राष्ट्रिय माबि महातनीयामा ६ जनाको नमुना पोजेटिभ देखिएको छ ।

    सुर्खेतमा गरिएको परीक्षणमा पनि ३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै ५ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्य पुरुष ५ सय ३ जना र ७८ जना रहेका छन् ।

    स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार नेपालमा अहिलेसम्म प्रयोगशालामा पीसीआर विधिबाट ४५ हजार ९ सय ५७ नमुना परीक्षण गरिएको छ । ८६ हजार २ सय ३५ को आरडीटी परीक्षण गरिएको छ । २४ घण्टामा ३ हजार ४ सय ९४ पीसीआर विधिबाट परीक्षण गरिएको छ भने ४ हजार १ सय १९ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij