Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

स्वाथ्य मन्त्रालयकाे सुचनामा उल्लेख गरिएकाे बर्दियाको नार्खु ११, गुलरिया ११ भएको पुष्टि

  • बर्दिया टुडे
  • 3.6K
    SHARES
  •  

    स्वाथ्य मन्त्रालयले शनिबार विहान १० वजे जारी गरेकाे सूचनामा कोरोना संक्रमित पुष्टि गरेको बर्दिया नार्खु ११ कि २८ वर्षिया महिला नभएर गुलरिया ११ का २८ वर्षिय पुरुष रहेको खुलेकाे छ।

    संक्रमित व्यक्तिको रिपोर्ट पछ्याउँदै जाँदा संक्रमित व्यक्ति गुलरिया ११ लालपुरका २८ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण बिष्टले जानकारी दिए।

    बिष्टका अनुसार संक्रमित व्यक्ति काठमाडौंमा व्यवसाय गर्दै आएका थिए। उनी गत २९ गते काठमाडौं गएको र त्यतै परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो।

    अहिले संक्रमित व्यक्तिको स्थायी घर गुलरिया ११ लालपुर सडक सिल गरिएको बताइएको छ। स्वास्थ्य मन्त्रालयको सुचनामा उल्लेख गरिएको बर्दियाको नार्खु ११ ले धेरैलाई भ्रमित बनाएको थियो।


    ADVERTISEMENT

    images

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij