Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

स्वास्थ्य मन्त्रालयकाे प्रेस विज्ञप्तीले बर्दियामा संत्रास

  • बर्दिया टुडे
  • 2.5K
    SHARES
  •  

    स्वास्थ्य मन्त्रालयले  जारी गरेको प्रेस विज्ञप्तीले बर्दियावासी माझ संत्रास फैलिएकाे छ ।

    शनिबार विहान १० बजे स्वास्थ्य मन्त्रालयद्वारा जारी  प्रेस विज्ञप्तीमा बर्दिया नार्खु–११ का २८ वर्षिय महिलामा काेराेना भाइरस संक्रमणकाे पुष्टि भन्ने गलत समाचारले जिल्ला भर सन्त्रास फैलिएको हाे । 

    बर्दिया जिल्मालामा नार्खु गाउँ नभएकाले सत्य तथ्य बुझिरहेको प्रजिअ लामिछानेले बताए । जिल्ला स्वास्थ्य कार्यालयले नार्खु भन्ने कुनै गाउँ नभएको र त्यहाँबाट कसैको स्वाब नलिएको जनाएको छ ।

    बर्दियामा शनिबार बिहान ७२ जनाको रिपार्ट नेगेटिभ आएको छ । कोरोना पुष्टि भएको भनि जिल्ला र गाउँ नै गलत गरेर स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको प्रेस विज्ञप्तीले जिल्ला भरि संत्रास फैलिएको हो । स्थानिय कसैले पनि बर्दियामा नार्खु भएको आफुले थाहा नपाएको बताउनुभएको छ । काहाँको नार्खु हो भन्ने थाहा नहुदा बर्दियाबासीमा संत्रास फैलिएको हो ।

    सोमबार भने बर्दियाको राजापुरमा ११ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अहिले बाँकेको खजुरा स्थित कोरोना विशेष अस्पतालमा उपचार भैरहेको छ ।


    ADVERTISEMENT

    images

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij