Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियाकी संक्रमित बालिकाको सम्पर्कमा आएका ३९ जनाको रिपोर्ट नेगेटिभ

  • बर्दिया टुडे
  • 1.6K
    SHARES
  •  

    बर्दियाको राजापुर नगरपालिका –५, बदालपुर कि ११ वर्षिय कोरोना संक्रमित बालिकाको सम्पर्कमा आएका ३९ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

    क्वारेन्टिनमा बालिकासँग सम्पर्क आएका र कैलालीबाट आउने क्रममा सम्पर्क भएका ३९ जनाको स्वाब रिपोर्ट नेगिेटभ आएपछि राजापुर वासी थोरै भएपनि ढुक्क भएका छन् ।

    बालिकाको सम्पर्कमा आएका रिक्सा चालक, एम्बुलेन्स चालक र राजापुरको किसान माबि बदालपुरमा क्वारेन्टिनमा बसेकाहरु गरी ३९ जनाको रिपार्ट नेगेटिभ आएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।

    कैलालीबाट आउने क्रममा सक्रमण भएकाको रिपाेर्ट पोजेटीभ आएको तर बालिकाको सम्पर्कमा गाउँका कोहि पनि नआएकोले आत्तिहाल्नु पर्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताएका छन् ।

    कैलालीबाट आएपछि बालिकालाई सिधै क्वारेन्टाइनमा राखिएका कारणले गाँउवासी डराउनुपर्नै अवस्था नभएपनि शर्तक हुनुपर्ने लामिछानेले वताएका छन् ।

    संक्रमित बालिका चैत ३ गते देखि बैशाख १६ गते सम्म कैलालीको मजगाउँ र भजनीमा बसेकि थिइन ।

    कैलालीले पनि भजनी र मजगाउँका १ सय ८९ थ्रोट स्वाब संकलन गरेपनि रिपार्ट आउँन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख ललित धामीले वताएका छन् ।

    बर्दियामा अहिले सम्म ३ हजार ३ सय ३५ आरडिटी र ५ सय ८४ स्वाब संकलन नमूना पठाईएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य अधिकृत गोकर्ण गिरिले जानकारी गराएका छन् ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij