जंगली हात्तीको झुण्डले बर्दियाको गेरुवा गाँउपालीका– १, सर्खोलका स्थानीयकोे घर भत्काउनुका साथै अन्नपात नष्ट गरेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज बाट आज बिहान ३ बजेतिर आएको हात्तीले स्थानिय करम चौधरीको घर भत्काउनुका साथै भकारीमा राखेको धान, चामल, गहुँ,लगायत खाधान्न नष्ट गरेको हाे ।
लकडाउनकोबेला संचित गरेर राखेका अन्नबाली हात्तिले नष्ट गरेपछी आफन्तको सरण लिनुपर्ने बाध्यता आएको पिडीत चौधरीले दुखेसो गरे ।
बर्दिया राष्ट्रिय निकुञ्जको मद्यवर्ति क्षेत्रका बस्तिहरुमा दिनानदिन यस्ता जंगली जनावरले आतंकित बनाएको भन्दै दिर्घकालीन समाधानकालागी अग्लो वाल बनाउनुनै उत्तम बिकल्प रहेको गेरुवा गाँउपालीकाका अध्यक्ष जमानसिंह केसीले बताए ।
जंगली जनावर वाघको आक्रमणवाट यस अघि बडा नं ४ का सदस्य मायाराम खनाल समेत घाइत भएका थिए ।