व्यक्तिगत रूपमा कुशल छु र तिम्रो कुशलताको कामना गर्दछु ।
मलाइ थाह छ अहिले तिमि र म दुवै एक विषम परिस्थितिको सामना गर्दै छाै । तिमि एक्लै छैनाै म पनि तिमिलाइ साथ दिइरहेको छु ।
पत्र लेख्नाको खास कारण केही थिएन । किन भने अचेल मलाइ कुनै पनि कुरा खास लाग्न छाेडिसक्यो । युद्धको एक सीपाही भएको नाताले सम्हालीएको छु , सरकार म । विहान ५ बजे जब आोच्छ्यानमा आँखा खुल्छ सरकार न्युज हेर्न मन लाग्छ । जव न्युज हेर्दै जान्छु तिम्रो चर्चा परिचर्चा धेरै भएको पाउँछु ।
तिमि संलग्न भएका काण्डै काण्डहरूको फेरिहस्त आउँछ । मान्छेहरू विविध टिका टिप्पणाी गरिराख्छन । सरकारले यो गर्यो । त्यो गरेन । यो गर्नु पर्थ्यो , त्यो गर्नु हुँदैनथो । म पनि सोच्छु सरकार, कहाँ गलत भयो । कहाँ ठीक भएको छ । जनताले तिमिलाइ ५ वर्षको लागि पुरा देश चलाउन आफ्नो मत दिएका हुन सरकार । तिमि कमजोर छैनाै । यदि कसैले तिमी कमजोर छाै भन्छ भने त्यसले जनताको मान मर्दन गरेकाे हुनेछ सरकार ।
तर जे जती तिमिले गर्नु पर्थ्यो सरकार त्यसमा जनता सन्तुष्ट भएका छैनन् । यदि कसैले जनता सन्तुष्ट छन भनेर तिमिलाइ भन्छ भने तिमि मख्ख नपर सरकार । यहाँ व्यक्तिगत स्वार्थको लागि मरिमेट्नेहरू धेरै छन सरकार । तिमि त सामुहिक स्वार्थको लागि बनेका हाै । यो ५ वर्षमा ३ बर्ष सकिसकेको छ सरकार । काम केही भएको छैन । गर्नु पर्ने काम धेरै थिए र छन ।
तिमीले गर्दा देशमा स्थायीत्व आएको छ सरकार । बस तिमि काम गर । तिमि सुशासन कायम गर । राष्ट्रसेवकहरू तिम्रा लागि हाजिर छन । जनता साक्षाी छन । संवैधानिक अंग लाइ राजनीति बाट मुक्त गर सरकार । सेना, शसस्त्र, प्रहरी लाइ निष्पक्ष काम गर्न देउ । सिमामा सुरक्षा बढाउ । विदेशियका देशबासीहरूले पठाएको/कमाएको धन लाइ तिम्रा राष्ट्रिय गाैरवका आयोजनाहरूमा खर्च गर्ने र लगानी गर्ने वातावरण बनाउ सरकार।
कृषिलाइ अनुदानका नाममा पैसा मात्र बाड्ने परिपाटी हटाइ व्यवसायमुखी बनाउ । शिक्षाको राजनीतिकरण र स्वास्थ्यको लापरबाहीकरणा लाइ शतप्रतिशत बन्द गराउ । जनताको स्वास्थ्य र शिक्षाको जिम्मा तिम्ले लेउ ।
डा. के.सी गलत छैनन् सरकार । उनले जनताको आवाज बोलेका हुन । तिमि पनि त जनताले बनाएर बनेका हाै । प्रत्येक प्रदेशमा IOE/IOM बनाउ । नाफाखोरीको अन्त्य गर । भ्रष्टाचारी लाइ सजाय देउ चाहे त्यो तिम्रै परिवारको होस वा छिमेकीको । सरकार सीमाको रक्षा गर । भारत र चीन सँग कुरा गर । ति पनि हाम्रै हितेषी हुन । जोडदार माग गर ।
दक्षिणको सीमा समस्या सदा-सदाका लागि समाधान गर । सीमामा राज्यको उपस्थिति बढाउ । सिमा बल गठन गर । हामीलाइ लाखाैका सेना किन चाहियो र हामीले कुनै युद्धमा भाग लिनु छैन् । रक्षा खर्च कम गर । संविधानको पुर्ण पालन गर । राज्यका संस्थाहरूको सबलीकरण गर । सुधार गर्नु पर्ने ठाउँमा गरिहाल न सरकार ।
तिमी संग रिसायकाहरूलाइ किन रिसाएको भनि सोधी हेर सरकार । तिनीहरू पनि त्यतीकै रिसाएका होइनन् होला । तिनका कुरा सुन्ने पनि तिमीले नै हो सरकार । सरकार भन्नु धेरै थिए, अहिलेलाइ यति नै छ ।
तिम्रा प्रत्येक असल कार्यको समर्थक र तिम्रा हरेक गलत कार्यलाइ सुधार गर्न झकझक्याउने ।
उही तिम्रो शुभचिन्तक........!
(याे लेखकको निजी विचार हाे सुझावका लागि isharmaprk@gmail.com)