बर्दियामा करिब २५ सयको कोरोना परीक्षण, सबैको कोरोना रिपोर्ट नेगेटिभ : स्वास्थ्य कार्यालय
बर्दिया टुडे
बैशाख २७, २०७७ शनिवार
०५:४७:५८ मा प्रकाशित
2.0K
SHARES
2.0K
SHARES
बर्दियामा २ हजार ३ सय ४५ जनाको कोरोना परीक्षण गरिएको छ । बिहीबार साँझसम्म जिल्लाका ८ स्थानीय तहमा रहेका क्वारेन्टाइन र आइसोलेसनमा रहेका उनीहरुको कोरोना परीक्षण गरीएको हाे।
नमुना संकलन गरेर उनीहरुको आरडीटी र पीसीआर विधिबाट कोरोना परीक्षण गर्न २ हजार ३ सय ४५ जनाकै रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए । २ हजार १ सय ५३ जनाको आरडीटी विधिबाट र १ सय ९२ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गरिएको उनले बताए ।
उनका अनुसार पीसीआर विधिबाट नमुना परिक्षणका लागि १ सय ८२ जनाको स्वाब संकलन गरी भेरी अस्पताल नेपालगञ्ज पठाईएकोमा १ सय ७० जनाको रिपोर्ट नेगेटिभ आएको र १२ जनाको आउन बाँकी रहेको छ । बिहिबार मात्रै ३ सय ३१ जनाको आरडीटी विधिबाट परिक्षण गरिएको थियो । जसमा गुलरिया नगरपालिकाका १ सय ११ जना, मधुवन नगरपालिकाका ६७ जना, बारबर्दिया नगरपालिकाका ६१ जना, ठाकुरबाबा नगरपालिकाका १२ जना र राजापुर नगरपालिकाका ४२ जना र गेरुवा गाउँपालिकाका ३८ जनाको कोरोना परिक्षण गरिएको हो ।
अहिले जिल्लाका विभिन्न क्वारेन्टाइनमा १ हजार ६ सय १२ जना रहेका छन् ।