नेपालगन्जमा कोभिड–१९ का संक्रमित बढ्दै गएपछि बाँकेसँग जोडिएका बर्दियाका सीमानाका सिल
बर्दिया टुडे
बैशाख २३, २०७७ मंगलवार
१७:१४:४० मा प्रकाशित
3.4K
SHARES
3.4K
SHARES
नेपालगन्जमा कोभिड–१९ का संक्रमित बढ्दै गएपछि बर्दिया प्रशासनले बाँकेसँगको सीमाक्षेत्र सिल गरेको छ । प्रशासनले सबै सुरक्षा निकायलाई चनाखो भएर बस्न निर्देशनसमेत दिएको छ ।
संक्रमित क्षेत्रबाट मानिसहरू रातारात बर्दिया आउन लागेको सूचना आएको भन्दै प्रशासनले सीमामा थप सुरक्षा बल खटाएको छ । गस्ती बढाइएको छ ।
जिल्लाका बासगढी नगरपालिका र वढैयाताल गाउँपालिकाको सीमा बाँकेसँग जोडिएको छ । यसको मुख्य सडक नाका मानखोलामा दुईवटा पुल पर्छन् ।
नेपालगन्जबाट शंकास्पद व्यक्तिहरू बर्दिया पस्ने जोखिम देखिएकाले एम्बुलेन्स, सुरक्षा निकायका र अत्यावश्यक सवारीसाधनबाहेकलाई आउजाउमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । कैलालीसँगको सीमा करिब एक महिनाअघि नै सिल गरिसकिएको छ ।