Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

कोरोना भाइरस र मानसिक प्रभाव

  • बर्दिया टुडे
  • 4.9K
    SHARES
  •  

    यतिबेला कोरोना कहर चलिरदा मानिसहरूलाई मानसिक समस्या समेत देखिन थालेको छ । हामी सबै मुल बिषय कोरोनाको संक्रमण बढ्न नदिनका लागि अपनाउन पर्ने कुरामा पुरै ध्यान केन्द्रीत गरेका छौ । तर यसको कारण मानिसमा आएको त्रास,भय, अन्य ब्यक्तिगत मानसिक समस्याका बारेमा समेत ध्यान दिन जरुरी देखियो ।

    अन्य जिल्ला बाट हालै मात्र बर्दिया आएका एकजना संबन्धित स्वाथ्य संस्थाबाट स्वास्थ जाँच गरि सामान्य देखिएको कारण होम क्वारेन्टिनमा बस्ने गरि आएका ब्यक्ति आफ्नो पत्नी अर्को पालिकामा रहेकी र तिनिलाइ भेट्न ससुराली गएका उहि आत्महत्या गर्न पुगेका छ्न्।

    रात्रीको समयमा क्वारेन्टिनबाट गायब हुने र बिहान चार बजे क्वारेन्टिनमा फर्कने गरेका पनि सुन्नमा आएको छ । क्वारेन्टिनमै मदिरा माग गर्नेको पनि उत्तिकै समस्या देखिएको छ ।

    मात्र चौध दिन एकान्त बास बस्दा मानिसहरुले आत्मनुसाशन उलंघन गरेका विभिन्न घटना आइरहेको देखिन्छ । अर्कोतिर जसको घरको ब्यक्ति क्वारेन्टिनमा छ तो घर परिवारलाई समाजले हेर्ने दृष्टिकाेण पनि फरक हुने गरेको छ । रोगिकै जस्तो व्यबहार छरछिमेकिले गरेको पिडितहरुको तितो अनुभव सुन्न सकिन्छ ।

    क्वारेन्टिनमा बसेका सबै कोरोना प्रभावित हैनन भन्ने कुरा समाजका हामी सबैले बुझ्न र बुझाउन अत्यन्तै आबश्यक छ । क्वारेन्टिनको बसाइ समाज र सबैको सुरक्षितका लागि हो भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।

    केही बिषयलाइ तत्काल संबोधन गरिएन भने कोरोना भाइरसको संक्रमण अन्त भए पनि तेस्को कारण मानिसहरुमा परेको मानसिक समस्याले पीडितलाई लामो समय असर गर्ने छ । कम्तिमा पनि अहिले जिम्मेवार निकाय सबैले निम्न कुरामा ध्यान दिन जरुरी छ ।

    १) कतिपय ब्यक्तिहरु भै रहेको रोजगारी गुमेको कारण मानसिक समस्यमा परेकाले त्यस्ताे पुर्ण समाधान गर्न नसके पनि सहयोगका पाटा देखाइदिन जरुरी छ ।

    २) जो क्वारेन्टिनमा बसेका छन अहिलेको अबस्थामा अपनाउनु पर्ने नियमका संबन्धमा तिनिहरुलाइ कडा आत्म अनुशासनका बिषयमा ज्ञान दिन जरुरी छ। त्याही योगका कक्षा, अब गाउँमै बसी के गर्न सकिन्छ तो बिषयमा छलफल, को सित के सीप छ उस्ले गाउमा बसि के गर्न सक्छ त्यसबारेमा पनि छलफल चलाउन सकिन्छ ।

    ३) जसको घरको ब्यक्ति क्वारेन्टिनमा छ त्यस वरिपरिका समाजलाइ सो घरपरिवार सित सकारात्मक हुन र सामाजिक जिम्मेवारी र सहयोगका बिषयमा सचेत गराउन पर्ने देखिन्छ ।

    ४) बृद्ध, दीर्घ रोगिहरुलाइ समेत सामाजिक अगुवाहरूले भेटधाट गरि समस्याका बारेमा बुझ्न जरुरी छ ।

    ५) स्वदेश तथा बिदेशमा परिवारका सदस्य रहेकाहरु समेत अहिलेको अबस्थमा ती सदस्यको मायाले अहिलेको अबस्थामा घरपरिवारमा चिन्ता छाएको छ । त्यस्ता घरपरिवारमा समेत पुगि यथार्थ अबस्थामा बारेमा सहजीकरण गर्न जरुरी छ ।

    ६) क्वारेन्टिनमा रहदा घरपरिवारका कोइ भेटघाट गर्न नगएको भनी पारिवारिक कलह समेत हुन सक्ने हुदा सो तिर पनि ध्यान दिई तत्कालको जटिलताबारे परिवार मिलनको बेला सहजीकरण हुन जरुरी छ ।

    ७) प्रत्येक ब्यक्तिले आफू र आफ्नो परिवारको संबन्धमा बनाएका योजनाहरु लथालिङ्ग भएको कारण तेस्ता ब्यक्तिहरुमा समेत जीवन देखि दिक्क लाग्न सक्ने अबस्था देखिन सक्छ त्यस्ताहरुको पहिचान गरि उचित परामर्श दिन जरुरी छ ।

    यसरी कोराना भाइरसको कारण समाजमा सृजित वाताबरणले प्रत्येक मानिसमा कुनै न कुनै खालको समस्या देखिन सक्ने हुदा अबका दिनमा स्थानीयतहमा उचित खालको परामर्श केन्द्र स्थापना गरि ब्यक्तिहरुमा आएका नकारात्मक सोचभाबलाई परामर्श दिन जरुरी देखिन्छ । क्वारेन्टिनबाट बिदाइ गर्दा कुनै पनि समस्या परेमा परामर्श केन्द्रमा अनिवार्य संपर्कमा रहन अनुरोध गरिनु पर्छ ।

    लेखक अर्जुन सुवेदी बढैयाताल गाउँपालिका बर्दियाका प्रशासकीय अधिकृत हुन ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij