Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

ब्राउनसुगर सहित बर्दियाबाट ४ जना पक्राउ

  • बर्दिया टुडे
  • 6.8K
    SHARES
  •  

    जिल्ला प्रहरी कार्यालय बर्दियाको मुलगेट अगाडि प्रहरीले लागुऔषध ब्राउनसुगर बोकेको आरोपमा ४ जनालाई नियन्त्रणमा लिएको छ । जिल्लास्थित प्रहरीको गस्ती टोलीले गोप्य सूचनाको आधारमा पछ्याउँदै जाँदा बा १२ च ६२९९ नम्बरको गाडीमा सवार उनीहरुलाई ४६ ग्राम ४३० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको हो ।

    प्रहरीले कैलाली जिल्ला टिकापुर नगरपालिका वार्ड नम्वर १ का २८ वर्षीय राजन रावल, वार्ड नम्वर ९ का ३३ वर्षीय रमेश न्यौपाने, कैलाली लम्कीचुहा नगरपालिका वडा नम्वर ५ निवासी २९ वर्षीय रोशन कडायत र दैलेख जिल्ला दुल्लु नगरपालिका वार्ड नम्वर ७ निवासी २७ वर्षीय आकास शाहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

    जिल्ला प्रहरी कार्यालय बर्दियाको मुलगेट अगाडि गाडी खानतलासीका क्रममा गाडीको स्टेरिङभित्र कालो प्लाष्टिकमा पोकोपारी राखेको अवस्थामा लागुऔषद बरामद गरिएको जनाइएको छ । बरामद ब्राउनसुगर, गाडी र निजहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको खड्काले बताए । पक्राउ परेका चारै जना उपर लागुऔषध कारोबार तथा ओसार पसार सम्बन्धी मुद्धामा अनुसन्धान भइरहेको छ । अन्नपूर्ण पाेस्ट

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij