हामी ,घरमा बाटोमा,अस्पतालमा चारैतिर covid19 को मुखमा छौं । अहिले तपाईं ,हामी महामारीबाट बच्ने प्रयत्नमा लगिरहेको छौं ,त्यसैले होसियार मानिस पृथ्वीको पाहुना हाे, मालिक हाेईन', यदि अहिले हामी सचेत भएनौ भने हामी मानवले यसको परिणाम भयानक भोग्नु पर्ने छ ।
अहिले हामीलाई लगाइएको जुन (लकडाउन) लगाम छ । त्यसको पुर्ण रुपमा पालना गर्न पर्छ यदि बेलगाम मनमानी गर्न थाल्यौं भने तिमीलाई थाहा छ। यसको परिमाण तिमीले बिना अस्त्र यो युद्धमा आफू मात्र नभएर आफ्नो घर ,समाज राष्ट्रि हुँदै बिश्वको बिनास गर्ने छौं । तिमीलाई असाध्यै माया गर्ने यो घर, समाज राष्ट्रिलाई पक्कै तिमीले यस्तो अवस्थामा देख्न चाहदैनौ ।
तिम्रो सानो लापरवाहीले गर्दा यसको परिमाण ठुलो हुनेछ । तिमी, हामी जस्तै आफ्नो परिवार संग बस्न मन हुँदा हुँदा पनि आफ्नो कर्म संगै मानवसेवामा दिनरात नभनी सेवा गरि रहेकाको ज्यान पनि जोखिममा हुने छ । आफ्नो बारेमा त सबैले सोच्छ तर आज बाट अरुको बारेमा सोच , सायद बिश्वयुद्ध हुदा सिपाहीहरुले आफ्नो घर परिवारलाई सम्झेर मैदान छोडेको भय आज हामी गर्बका साथ नेपाली हौं,भनेर भन्न पाउने थिएनौं ।
युद्धको मैदान कहिले सिपाहीले छोडेनन । त्यसै गरि आज सलाम छ ति वीरसिपाही र डाक्टरहरुलाई जस्ले फेरि covid19 को युद्धमा दिनरात नभनी लागिरहेका छन । त्यसैले अस्पतालमा बिरामीलाई छोडेर डाक्टर कहिले भागेनन। एक पटक सोचाैंन, हामीले समयमै ध्यान दिएनौ भने । मानव जातीको अन्त्य हुन् बेर छैन ।
यस्तो भयो भने मनव सर्वश्रेष्ठ प्राणीको दर्जा बाट पर जाने छौं। धेरै गाह्रो अहिलेको अवस्था छ । यो अवस्थामा संयम अपनाउनु होस । अहिलेको समस्याहरुको बयान गर्न शव्दहरु मर्मत गाह्रो छ । तर नि यो अवस्थाबाट हामीले मानवको अस्तित्व बचाई राख्न मात्र तपाई,हामीले तत्काल समाजिक दुरि बनाई अगाडि बडन पर्छ । तसर्थ अनुशासना , नैतिकवान,जिम्मेवारीपूर्वक, सभ्य बनी सबैले विभिन्न तहबाट आ-आफ्नो भुमिका बहन गरि सभ्य मनवताको बिकास भय मात्र बिश्वव्यापी महामारी संगको जित सम्भव छ ।
गोमा बिष्ट राजापुर बर्दिया