बर्दियाको भौरामा तिहारको अवसरमा चहल पहल बढेको छ । तिहार लागे पछि वजारमा राम्रो व्यापार चलेको र राजापुर लगायतका व्यापारीलाई सामान वेच्न भ्याईनभ्याई भएको छ । कामले आफ्नो गाउँघर छोडेका स्थानीय दशै लागे पछि घर फर्के पछि भौरा क्षेत्रका बजारमा चहलपहल बढेको हो । भौरा क्षेत्रका स्थानीय बजारहरु राजापुर शान्तिवजार, टपरा, विहानी वजार, त्रिवेणी वजार प्रशेनी वजार लगायतका वजारमा किनमेल गर्नेको सख्या बढेको छ । वजार भर रंगिन माला भाई मसला तथा अन्य उपभोग्य सामानले झकिझकाउ भएको छ । तिहारको किनमेलका लागि आएकी राजापुर नगरपालिका ७ की सीता चौधरीले महंगी अस्वभाविक रुपमा वढेको वताउनु भयो । राजापुर लगायतका स्थानीय वजारमा गत वर्षको तुलनामा घरायसी उपभोग्य सामग्रीको मूल्य बढेको चौधरीको भनाई छ । भौरा क्षेत्रका वजारमा सामानको मूल्य वढेको भनेर सीमावर्ती क्षेत्रका भारतीय वजारमा जाने नेपाली ग्रहाक ठगिएर आउने गरेको खनाल टेड्रर्सका सञ्चालक नवराज खनालले वताउनु भयो । उपभोक्तले सीमा पारीका वजारमा जति नै सस्तो सामान भने पनि भौरा क्षेत्रका स्थानीय वजारमा भन्दा धेरै फरक नपर्ने वताउनु भयो । दशै देखि तिहारसम्म यो क्षेत्रबाट सीमा नजिकका वजारमा उपभोग्य सामग्रीको किनमेलका लागि जाने स्थानीयको घुईचो नै लाग्ने गरेको छ । उहाँका स्थानीय भारतीय वजार तिकुनिया, बिछिया, रुपैडिहा जाने गरेका छन् । यस्तै यस क्षेत्रका दिदी वहिनीहरु तिहारको भाई टिका लगाउन आ आफ्नो माईतिघर जान थालेका छन् । वर्ष दिनको पर्वमा दाजुभाई र दिदीबहिनीको माया र आत्मियता हुने भएकाले यो पर्वको महत्व बढेको राजापुर नगरपालिका २ का सविन पौडेलले वताउनु भयो ।