Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियाका एक व्यक्तिसहित भारतको बहराईचमा देखियो ८ जनामा कोरोना

  • बर्दिया टुडे
  • 4.1K
    SHARES
  •  

    बर्दिया सीमासँग जोडिएको भारत उत्तरप्रदेशको बहराईच जिल्लामा एक नेपालीसहित आठ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिएका नेपाली प्रदेश ५ अन्तर्गत बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका निवासी  हुन ।

    ठाकुरबाबा नगरपालिका २ सुजनपुरका एक व्यक्तिको छिमेकी देश भारतको वहराईचमा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएपछि ठाकुरबाबा नगरपालिकामा लकडाउनमा थप कडाई गरिएको छ । तर ती कोरोना संक्रमित व्यक्ति भने विगत केही वर्ष देखि घर नआएको र घर फर्किने क्रममा लकडाउन भएका कारण भारतकै क्वारेन्टाइनमा वस्दै आएका थिए । तर उनीसंगै भारतमा काम गर्न गएका उनका भाइ गत चैत ९ गते घर फर्केका हुनाले उनको भोलि शुक्रबार स्वाब र आरडीटी परीक्षण गरिने भएको छ ।

    उनको रिपोर्ट नआउन्जेल सम्मका लागि ठाकुरबाबा नगरपालिका २ सुजनपुर र खुलपुर गाउँलाई पूर्ण रूपमा लकडाउन गरिएको र स्वाब परीक्षणका लागि नेपालगञ्ज पठाउने तयारी भई रहेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । बिहीबारदेखि ती गाउँमा आवत जावतसमेत बन्द गरिएको छ । न्युज २४ बाट

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij