Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गेरुवा गाउँपालिकाद्वारा राहत वितरण

  • बर्दिया टुडे
  • 5.8K
    SHARES
  •  

    गेरुवा गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनका कारण प्रभावितहरुलाइ राहत वितरण गर्न सुरु गरेको छ ।

    वडा कार्यालयले गरेको छनौट तथा सिफारिसका आधारमा अतिविपन्न, असाहय र मजदुरवर्गका उपभोक्तालाई विहीवार देखि राहत वितरण सुरु गरेको हो ।

    लकडाउनबाट प्रभावित २ हजार २ सय घरपरिवालाई चामल ३० के.जी, दाल २ के.जी., खाने तेल २ लिटर, नुन २ के.जी., साबुन २ थान राहत वितरण गरिने गेरुवा गाउँपालिकाका सूचना अधिकारी प्रकाश शर्माले गेरुवा कर्णाली पोष्ट लाई जानकारी दिए ।


    ADVERTISEMENT

    images

    लकडाउनलाई प्रभावकारी बनाउनुका साथै भोकभोकै कोही पनि बस्न नपरोस् भन्ने उद्देश्यले राहत वितरण गर्न लागिएको गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह के. सी.ले बताए ।

    गाउँपालिका भित्र बसोबास गर्ने बासिन्दा मध्य केहीको दैनिक ज्याला मजदुरी गरी साँझ बिहान छाक टार्नुपर्ने अवस्था छ’ अध्यक्ष के. सी.ले भने, ‘बन्दको कारणले साँझ विहान हात मुख जोड्न नसक्ने परिवारलाई खाद्यवस्तु वितरण गर्न लागिएको हो ।’

    कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरेका कारण मानिसले घर बाहिर निस्कन पाएका छैनन् ।

    यसबेला दैनिक ज्यालादारीको रकम आर्जन गरेर छाक टार्ने वर्गका परिवारलाई खाना र खाजा खानकै लागि समस्या पर्ने भएकाले समस्यामा परेकालाई राहत दिने सरकारले निर्णय गरेको थियो ।

    जसअनुसार गेरुवा गाउँपालिकाले आफ्ना ६ वटै वडाकालागि कोरोनाको नियन्त्रण तथा रोकथाममा प्रयोग गर्नका लागि अन्य शिर्षक बाट रकमान्तर गरी प्रकोप व्यवस्थापन कोषमा रू. ३० लाख रकम विनियोजन गरेको छ ।

    यस वाहेक गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा हाल सम्म करिव ८ लाख रुपैया सहयोग संकलन भएको सूचना अधिकारी शर्माले वताए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij