सन्दर्भ ने वि संघकाे ५१ औं स्थापना दिवस : इतिहासकाे हेक्का राखाैं !
बर्दिया टुडे
बैशाख ६, २०७७ शनिवार
१५:०२:२० मा प्रकाशित
4.8K
SHARES
4.8K
SHARES
ने.वि.संघ काे ५१ औं स्थापना दिवस मनाइरहँदा बर्दिया जिल्लाका ने वि संघका केही प्रमूख पात्रहरुकाे पनि इतिहास वास्तवमै गर्बिलाे र दर्बिलाे छ।
जतिखेर नेपालमा निरंकुश पञ्चायति व्यवस्थाकाे चरमाेत्कर्ष थियाे वा भनाै नेपाल विद्यार्थी सँघमा लीला ,ठगि,गाेकर्ण ,कामेश्वर, कुशेश्वरहरुलाई दिनदहाडै हत्या गरियाे त्यतिखेर बर्दियामा पनि पञ्चहरुकाे दबदबा थयाे।त्यसै पनि बर्दिया राजा बाबुकाे देश भनेर चिनिन्थ्याे।
अझ विशेष जमिन्दार पञ्चहरुले जडा गाडेकाे मुलुकमा बर्दिया उत्कृष्ठ थियाे। बि सं २०२७ साल बैशाख ६ गते स्थापना भएकाे याे संगठन वास्तवमै जेलकाे कालकाेठरिमा भएकाे हाे। ने वि संघ जन्माउने विधाता पूर्व पार्टि सभापति नेपाली काँग्रेस तथा पूर्व प्रधानमन्त्री गीताेपासक सन्त नेता स्व. कृष्ण प्रसाद भट्टराई हुनुहन्छ भने बर्दियामा ने वि संघ स्थापित गर्ने स्व. नगेन्द्र रेग्मी , मुक्ति रेग्मी ,तेजबहादुर भाट, बासुदेव चाैधरीहरु हुनुहुन्छ।
इतिहास सधै साक्षी हुन्छ तर केवल इतिहासलाई भुल्ने दुष्प्रयास गरिन्छ। असल कुरा सधैं इतिहासमा सुरक्षित हुन्छ भने खराब नियतले गरेका कर्मकाण्डहरु जति दुधले धाेए पनि खराब नै हुन्छन् र भाैतिक अस्तित्वकाे समापनसँगै विसर्जन हुन्छन्।
केन्द्रकै कुरा गर्ने हाे भने पनि हाम्रा पार्टी सभापति शेर बहादुर देउबा देखि हालका काँग्रेस नेताहरु प्राय वरिष्ठहरु अध्यक्ष वा महामन्त्रीहरु नै छन्। बर्दिया जिल्लामा नेपाली काँग्रेस र ने वि संघकाे इतिहासलाई कसैले मेटाउन खाेजे पनि स्व खगेन्द्र रेग्मी,कृष्ण प्रसाद रेग्मी, मुक्ति रेग्मी, स्व नगेन्द्र रेग्मी ,ईश्वर रेग्मी र कमल रेग्मी सपरिवार कहिल्यै नेपाली काँग्रेस र ने वि संघबाट अलग गर्न नसकिने नामहरु हुन्।
उनीहरुका बारे बर्दिया गरिब किसानहरुलाई थाह छ प्रकृतिलाई थाह छ भेरी, कर्णाली र बबै जस्ता नदीहरुलाई थाह छ। पैसा नै कमाउन खाेजेका भए सायद उनीहरु पनि पञ्चायत सरकारबाट सयाै विघाका मालिक बन्न सक्थे।प्रजातन्त्र प्राप्ति पछि पनि उनीहरु लडे त केवल सिस्टमका लागि मरेर गए कहिल्यै पराजित मानसिकता बाेकेनन् स्व खगेन्द्र रेग्मी र स्व नगेन्द्र रेग्मीले।
भाग्यले ठगेन मुक्ति रेग्मीलाई पनि। सांसद मन्त्री नभइकन पनि अमेरिकाका बासिन्दा बन्न पुगे। कृष्ण प्रसाद रेग्मी पनि बुढेसकाल लागेकाले सक्रिय राजनीतिमा देखिनु हुन्न भने ईश्वर रेग्मी पनि वैरागी भएर कतै हिडे हाेलान् तर रेग्मी परिवारका शसक्त उत्तराधिकारी कमल प्रसाद रेग्मी नेपाली काँग्रेसकाे पुरापुर सक्रिय राजनीतिमा हुनुहुन्छ।
रक्तकणमै काँग्रेस ,परिवारभरी काँग्रेस भएका रेग्मी परिवारमा अस्कलमा आइ एस सी अध्ययन गर्दा नै इकाइ अध्यक्ष ने वि संघ बर्दियाका जिल्ला अध्यक्ष हुँदै हाल नेपाली काँग्रेस बर्दियाका जिल्ला सदस्य रहनु भएका कमल रेग्मी, रेग्मी परिवारका एक्ला उत्तराधिकारी हुन् भन्दा अत्युक्ति हुदैन।
ने वि संघ बर्दियाका तदर्थ समितिका अध्यक्ष युवराज पाैडेल संस्थापक अध्यक्ष मुक्ति रेग्मी क्रमश:सुवास पाेखरेल, तेज बहादुर भाट ,यज्ञराज मजगैयाँ (काका अध्यक्ष नभए पनि २०४६ का याेद्धा हुनुहुन्छ), विजयदत्त देवकाेटा ,सरद अधिकारी , लक्ष्मण घिमिरे हुँदै, कमल रेग्मी सम्म आइ पुग्दा बर्दिया ने वि संघले धेरै उतार चढाव पार गरेकाे छ।
ने वि संघका केन्द्रीय सदस्य पटक पटक र उपाध्यक्ष पटक पटक सम्म भएका सशक्त अध्यक्ष सम्म हुने चर्चामा रहँदा रहँदै देशकाे राजनीतिक तरलताकाे सिकार बनाइएका स्व. नगेन्द्र रेग्मीका बारेमा ने वि संघमै पनि जति वर्णन गरे पनि कम हुन्छ अझ बर्दियाकाे कुरा गर्दा छुटाउनै नहुने नाम हाे नगेन्द्र रेग्मी।
त्यस्तै बर्दियाकै ने वि संघकाे कुरा गर्ने हाे भने पूर्व अध्यक्ष महेन्द्र शर्मा समेत वर्दियामै राजनीतिक पृष्ठभूमि भएका नेता हुन्।
बर्दियाकै ने वि संघका कुरा गर्ने हाे भने बासुदेव चाैधरी,विद्या खनाल,जीवनाथ पाैडेल,सन्ताेष पाैडेल,याेगेन्द्र बजगाई, गणेश पाेखरेल, युवराज श्रेष्ठ,राकेश बस्याल,चुडामणि पाैड्याल, यदु भण्डारी,षडानन्द तिवारी गंगाधर पाैडेल नरेन्द्र बिष्ट ,अन्जान डि सि,प्रेम शाही,बामदेव ढकाल,छत्र बजगाई, पहाडीलाल थारु,जमान सिंह के सी ,चन्द्रकान्त लामिछाने ,गणेश आचार्य,हेमदत्त देबकाेटा,यज्ञ नेपाल, दरबारि थारु, दरबारी चाैधरी,परशुराम चाैधरी,धर्म जैसी, कृष्ण जैसी, टंक जैसी, इतवारी थारु,नीलम भट्टराई,बसुन्धरा पाण्डे, लाेकराज पाण्डे, धनेश्वर शर्मा समेतलाई सम्झन चाहन्छु- जय नेपाल !